site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षक आन्दोलन : कांग्रेस महामन्त्रीद्वयको अग्रसरता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकसित छलफल गरेका छन् । ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार (वैशाख १) साँझ छलफल गरिएको थापाको सचिवालयले जानकारी गराएको छ ।

“आन्दोलनरत शिक्षक अगुवाहरूसँग दुई महामन्त्री – गगन थापा र विश्वप्रकाश शर्माज्यूले केन्द्रीय कार्यालय सानेपामा छलफल गर्नुभएको छ,” थापाको सचिवालयले भनेको छ ।

शिक्षकका माग पूरा गराउन महामन्त्रीद्वयले पहलकदमी लिने गरी छलफल भएको सचिवालयले जनाएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक १४ दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघले गएको चैत २५ गतेदेखि आमशैक्षिक हडताल घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro