site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको विकल्प खोजेका छैनौँ, तर गति ट्याक्टरको जस्तो भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“पार्टी सरकारमा गएको छ । जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन । त्यसले सिर्जना गरेको असन्तुष्टि छ,” उनले भने, “जहाँ समस्या सिर्जना भएको छ समाधान गर्नुपर्छ ।”

उनले अहिले पनि कांग्रेसको नेता कुनै ठाउँमा उभिँदा जनताले भरोसा गर्नुपर्ने अवस्था देखिनुपर्नेमा त्यस्तो नभएको बताए ।

“कांग्रेसले देशलाई भरोसा दिन सक्छ कि सक्दैन ? जे जति गुनासा छन् सम्हाल्छौं भनेर भन्न सक्नुपर्छ । कांग्रेसको नेता उभिँदा जनताले भरोसा गर्नुपर्छ,” उनले भने ।

उनले सरकारको गति ठिक नभएको बताउँदै तर विकल्प भने नखोजिएको बताए ।

“सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ । गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन । सुरुको चरणमा जोतिएर काम गरेको पनि हुँ । देशमा दैनिक माहोल बनाउन युद्धस्तरमा काम गर्नुपर्ने थियो । कता कता जोश र उत्साह नेतृत्वबाट भएन ।  हामी कसरी चिर्ने भन्ने अलमलमा छौं । कुनै राजनीतिक विकल्प खोज्ने अवस्थामा भने छैनौँ ।”

उनले यही गठबन्धनबाटै काम गर्नुपर्ने बताउँदै भने, “हामी सरकारलाई मद्दत गर्न चाहेका छौँ परिणाम दिन चाहेका छौँ ।”

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro