
काठमाडौं । नेपाली खेलकुदमा बर्सेनि खस्किँदो पुरुष फुटबलको साखलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्ष २०८१ मा पनि कायम राख्न सकेन । घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग गएको वर्ष नेपाली खेलकुदले देख्न पाएन । अब यो कहिले हुन्छ, यकिन गर्न सकिने अवस्था छैन ।
तर, फुटबलमा यो वर्ष केही उत्साहजनक नजिता पनि देखिए । जसमध्ये एक हो, सिंगापुरविरुद्धको ऐतिहासिक जित । अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धामा आएदेखि नेपालले यो पूर्वी एसियाली प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्न सकेको थिएन । वर्षको अन्त्यमा निकालेको यस जितले नेपाली फुटबललाई उत्साहित बनाएको छ ।
चैत ८ गते उसैको मैदानमा भएको खेलमा नेपालले १–० को जित निकालेको थियो । नेपालको जितमा जिलेश्पीजंग कार्कीले निर्णायक गोल गरेका थिए । यो अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरविरुद्ध निकालेको एकमात्र जित हो ।
महिला फुटबलमा नफेरिएको नियति
गएको वर्ष नेपाली महिला टिमको प्रदर्शनबाट समर्थकको उल्लेख्य साथ पाए । तर, नतिजा निराशजनक रह्यो । वर्ष २०८१ मा नेपाली महिला टिमले दुई फाइनलमा प्रतिस्पर्धा गर्यो । जसमा थिए, साफ महिला च्याम्पियनसिप र चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप ।
घरेलु मैदानमा भएका यी दुवै प्रतियोगितामा नेपाली टिमले फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, सदाझैँ फाइनलको ‘डेडलक’ तोड्न नसक्दा नेपाली महिला टिम यी दुवै फाइनलमा निराश बन्यो ।
कात्तिक १ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजित साफ महिला च्याम्पियनसिपमा नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा पुनः एकपटक बंगलादेश बाधक बन्दा नेपाल घरेलु समर्थकमाझ २–१ ले निराश बन्यो । यसको चार महिनापछि घरेलु मैदानमै आयोजित अर्को प्रतियोगितामा पनि नेपाली महिला टिमले फाइनलमा निराशा बेहोर्यो ।
नेपालसहित किर्गिस्तान, म्यानमार र लेबनान समिल्लित चारदेशीय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले हासिल गयो । फागुन ५ गते नेपाललाई फाइनलमा २–० ले पराजित गर्दै म्यानमारले च्याम्पियनसिपको उपाधि हासिल गर्यो । समूह चरणमा विजयी म्यानमारले नेपालसँग बराबरी खेल्दै लेबनान र किर्गिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपालले पनि म्यानमारसँग बराबरी खेल्दा लेबनान र किर्गिस्तानलाई पराजित गर्दै स्थान बनाएको थियो । प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म आयोजना भएको थियो ।
बुफन गत फागुन १८ गते नेपाल आएका थिए । उनको यो आगमन प्रतियोगिता फागुन ११ गते देखि २० गतेसम्म भएको थियो । यस प्रतियोगिताले फुटबलमा दिग्गज व्यक्ति ल्याएर चर्चा बटुल्यो ।
घरेलु फुटबल केही चलायमान
सहिद स्मारक ‘ए’ डिभिजन लिग नगर्दा चर्को आलोचना खेपेको एन्फाले गएको वर्ष घरेलु फुटबलमा केही उत्साहजनक कार्य गरेको नकार्न सकिँदैन । गएको वर्ष यू–१६, यू–१८ र महिला लिगले नयाँ विजेता पाए ।
ललित स्मृति यू–१८ लिग नेपाल पुलिस क्लबलाई
ललित स्मारक यू–१८ को उपाधि नेपाल पुलिस क्लबले उचाल्दा न्युरोड टिम (एनआरटी) दोस्रो भयो । कुल १२ टिम सहभागी यो प्रतियोगिता असार ३० गर्नेदेखि साउन २५ गतेसम्म सञ्चालन भएको थियो । गत पुस ९ गते प्रतियोगितामा विजेता बन्दै पुलिसले एक लाख रुपैयाँ र उपविजेता न्युरोडले ५० हजार रुपैयाँ हासिल गर्यो ।
ललित स्मृति यू–१६ लिग प्रतियोगिता चर्च ब्वाइज युनाइटेडलाई
चर्च ब्वाइज युनाइटेडले ललित स्मृति यू–१६ लिग प्रतियोगितको उपाधि जित्दा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो बन्यो । कुल १० शीर्ष डिभिजन क्लबले सहभागिता जनाएको यो प्रतियोगिता असार २९ गतेदेखि पुस ९ गतेसम्म सञ्चालन भएको थियो । लिग सुरु भएको एक महिना नबित्दै लिग पाँच महिनासम्म स्थगित भएको थियो । तर, पाँच महिनापछि पुनः सुचारु भएको प्रतियोगिताको उपाधि सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन रहेको चर्च ब्वाइजको युवा टिमले जितेको थियो ।
एपीएफले जित्यो राष्ट्रिय महिला लिग
सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले राष्ट्रिय महिला फुटबल लिगको उपाधि जित्यो । गत माघ १६ गते सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै एपीएफले लिग जितेको हो । लिग विजेता बन्दै एपीएफले १५ लाख रुपैयाँ र उपविजेता बन्दै पुलिसले आठ लाख रुपैयाँ हासिल गर्यो ।
विश्वकप विजेता बुफोन नेपालमा
यस वर्ष नपालमा दुई विश्वकप विजेता नेपाल आए । इटालीलाई सन् २००६ मा विश्वकप दिलाएका जियानलुइजी बुफोन गत फागुन १९ गते नेपाल आएका हुन् । उनी केपी ओली फुटबल क्लबको फाइनलमा प्रमुख अतिथिको रूपमा नेपालमा आएका थिए । यसअघि, २०७२ सालको मंसिरमा इंग्ल्यान्डका चर्चित पूर्वविंगर डेविड बेकह्याम नेपाल आएका थिए ।
१३ वर्षपछि अफगानिस्तानविरुद्ध नेपालको जित
गएको वर्ष नेपालले अन्तर्राष्ट्रिय फुटबलमा १३ वर्षपछि अफगानिस्तानलाई पराजित गर्यो । गत मंसिर १ गते सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १३ वर्षपछि नेपालले अफगानिस्तानलाई पराजित गरेको हो ।
ताजकिस्तानको सेन्ट्रल रिपब्लिक रंगशालामा सम्पन्न खेलमा नेपाल २–० ले विजयी भएको थियो । नेपालको जितमा जिलेश्पीजंग कार्की र रोहित चन्दले गोल गरेका थिए । यसअघि, सन् २०११ मा एएफसी च्यालेन्ज कप छनोटमा आफगानिस्तान १–० ले पराजित भएको थियो ।