site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हरिसिद्धिका महिलाले सडकमै रोपे धान (तस्बिरसहित)
SkywellSkywell

काठमाडौं । ललितपुरको हरिसिद्धिका महिलाहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । ‘गुमज महिला समूह’को आह्‍वानमा हरिसिद्धिका विभिन्‍न महिला समूहले आज सडक पिच गर्नुपर्ने मागसहित विरोध प्रदर्शनसमेत गरेका छन् ।

उनीहरूले आज (सोमबार) गुमज चोकमा बाटो अवरुद्ध गरी नाराबाजी गर्नुका साथै हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएका हुन् । आन्दोलित महिलाहरुले ‘कोरोनाले भन्दा धूलो खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यता हो’, ‘चाँडो सडक पिच गर’ लगायत नारा लगाएका थिए । साथै आन्दोलित महिलाहरूले विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए । 

गुमज चोकबाट साइकलको आउजाउमा पनि रोक लगाइएको छ । यद्यपि एम्बुलेन्स आवागमनमा भने रोक नलगाइएको नेवाः मिसा पुच महिला समूहकी अध्यक्ष नीरा महर्जनले बाह्रखरीलाई बताइन् ।

KFC Island Ad
NIC Asia

“ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिइयो,” उनले भनिन्, “पानी पर्दा सडक हिलाम्मे हुन्छ, घाम लाग्दा धूलो उडेर बस्नै नसक्ने भएपछि हामी बाटो बन्द गर्न बाध्य भएका हौं ।” सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्‍ने आन्दोलित महिलाहरूको भनाइ छ । 

सडक पिचको माग गर्दै आन्दोलनमा उत्रिए हरिसिद्धिका महिला (तस्बिरसहित)

उसो त सरकारले बाटो बढाउन मुआब्जा कम दिएको भन्दै हरिसिद्धिका बासिन्दाले भने सडक विस्तारमा रोक लगाएका छन् । तर, भएको सडक पिच नगरेर सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । उनीहरूले भनेअनुसारकै मुआब्जा सरकारले दिनुपर्ने बताउँदै आएका छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro