site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोरोना बिमा बन्द हुने, बिमक संघले समितिसँग छलफल गर्दै 
SkywellSkywell

काठमाडौं । बिमा समिति र निर्जीवन बिमा कम्पनी मिलेर ल्याएको कोराना बिमा दुई महिनामै बन्द हुने अवस्था आएको छ ।

नेपालमा कोरोना संक्रमितमा संख्या बढ्दै गएको र कोरोना बिमा गर्नेको संख्या पनि बढ्दै जाँदा जोखिम बहन गर्न नसक्ने भन्दै बिमा कम्पनीहरू कोरोना बिमाबाट पछि हट्ने भएका छन् ।

KFC Island Ad
NIC Asia

स्रोतका अनुसार केही बिमा कम्पनीले भने अब थप कोरोना बिमा गर्न नसक्ने भन्दै कोरोना बिमाको पुलबाट बाहिरिन बिमा समितिमा आवेदन दिएका छन् । वैशाख ७ गते सुरु भएको कोरोना बिमा असार ७ गते २ महिना पुग्दै छ । तर दुई महिना पुग्नुअगावै बन्द हुने अवस्थामा पुगेको छ । बिमा समितिले हतारमा पर्याप्त अध्ययनविनै कोरोना बिमा ल्याउन अग्रसर हुँदा अहिले समस्या आएको बिमा कम्पनीहरू बताउँछन् । एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, “सुरुमा पर्याप्त अध्ययनविनै कोरोना बिमा ल्याइयो, अब कम्पनीले दायित्व बहन गर्न नसक्ने अवस्था आयो, त्यसलै हामी पछि हट्नुपर्ने अवस्था आएको हो ।”

विदेशमा पुनर्बिमा हुने हुँदा अहिलेसम्म जति बिमा भयो त्यसको दायित्व बहन हुने तर अब थप कोरोना बिमा गर्ने अवस्था नभएको उनले बताए । “पुलमार्फत सुरु भएको कोरोना बिमामा पुलममा रहेको केही सदस्य बाहिरिने भएपछि कसरी अगाडि बढ्न सकिन्छ,” उनले भने । दुईवटा कम्पनीले पुलबाट बाहिरिन समितिमा आवेदन दिइसकेको र अन्य कम्पनी पनि अब कोरोना बिमा गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेको उनले बताए । 
कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको र सरकाले विदेशमा रहेको नेपाली नागरिक पनि ल्याउने तयारी गर्दा जोखिम झनै बढ्दै गएको निष्कर्ष बिमा कम्पनीहरूको रहेको उनले बताए । “निजी क्षेत्रकै लगानी भएको बिमा कम्पनीले नोक्सान हुन्छ भन्ने जान्दा–जान्दै कसरी त्यसलाई निरन्तरता दिन सक्छ ?” उनले प्रश्न गरे । 

सुरुमा कोरोना बिमालेख जारी गर्दा महामारीको पनि बिमा सम्भव छ भनेर नेपालले सन्देश दिएको बताउने बिमा समिति अध्यक्ष चिरञ्जीवी चापागाईं अहिले विदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा नगर्ने अथवा सरकारले दायित्व बहन नगर्ने हो भने अगाडि बढ्न नसक्ने अवस्था पुगेको बताउँछन् । महामारीको बिमा हुन सक्दैन भन्ने बिमाको सिद्धान्तविपरीत नेपालमा महामारीको बिमा सफल बनाउँछौं भनेर लाग्नुभएको छ नि ? भनेर सञ्चारकर्मीले प्रश्न गर्दा उनले महामारीको पनि बिमा सम्भव छ भनेर नेपालले उदाहारण पेस गर्ने दाबी बिमा समिति अध्यक्षले गरेको थिए । तर, अहिले दुई महिना नपुग्दै कोरोना बिमा बन्द हुने अवस्थामा पुगेको छ । 

बुधबार बसेको नेपाल बिमक संघको बैंठकले पनि यथास्थितिमा कोरोना बिमालाई निरन्तरता दिन नसक्ने निष्कर्ष निकालेको छ । बिमक संघको बैंठकले तत्कालको लागि कोरोना बिमा स्थगित गर्नुपर्ने र सरकारले अब गर्ने लकडाउनको मोडालिटीको आधारमा अगाडि बढ्ने निष्कर्षमा पुगेको संघका महासचिव चंकी क्षेत्री बताउँछन् ।
 
कोरोना बिमाको विषयमा बिमक संघले आज बिमा समितिसँग निर्णायक छलफल गर्न लागेको क्षेत्रीले जानकारी दिए । बाह्रखरीसँग कुरा गर्दै क्षेत्रीले भने, “कोरोना बिमा लगभग बन्द हुने अवस्थामा पुगेको हो, आज हामीले कसरी अगाडि बढ्ने विषयमा बिमा समितिसँग छलफल गर्दै छौं ।” सरकारले पनि बजेटमार्फत कर्मचारीको पनि कोरोना बिमा गर्ने र ५० प्रतिशत प्रिमियम अनुदान दिने भनेको तर कसरी जाने भन्ने स्पस्ट नभएको समेत उनले बताए । 

“विदेशमा लघुबिमा, कृषिजस्ता बिमामा दाबीका अनुदान दिने चलन छ तर नेपालमा भने प्रिमियमा अनुदान दिने नीति छ,” उनले भने, “सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको कोरोना बिमामा एउटा कम्पनीको करिब एक अर्बको दायित्व सिर्जना भइसकेको छ, अहिलेसम्म दाबी नपरे पनि जोखिम त बढेको छ ।” विदेशी पुनर्बिमाले महामारीको पुनर्बिमा नगर्ने हुँदा अब थप जोखिम बहन गर्ने अवस्था नभएको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro