site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउन उल्लंघन गर्ने सवारीमाथि प्रहरीको निगरानी बढ्यो (तस्बिरसहित)
SkywellSkywell

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४५औं दिन हो ।

गत चैत ११ देखि लागु गरिएको लकडाउन ४५ दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ । उसो त सरकारले हिजो मात्र थप दश दिन लकडाउन थपेको छ । अब जेठ ५ गतेसम्म लकडाउन कायम रहने हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । 

KFC Island Ad
NIC Asia

यसैबीच लकडाउन पूर्ण पालना गराउन प्रहरीले जाँचलाई कडा बनाएको छ । आज पनि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको छैन । एयरपोर्ट, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डल, थापाथलीलगायत ठाउँमा प्रहरीले सवारीसाधनको जाँचमा कडाइ गरेको देख्न सकिन्छ । 

सडकमा अत्यावश्यक सवारीसाधन, कर्मचारीका साधन, ढुवानीका साधनको चाप भने बढेको देखिन्छ । अत्यावश्यक र पासवाहक सवारीसवारी साधनको भिडले सडक व्यस्त बनेको छ । सडकमा सवारीसाधनको लामो लाइन देख्न सकिन्छ । अनावश्यक रूपमा सञ्चालन गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उपत्यकाका भित्री सडकहरूमा भने दैनिक उपभोग्य पसलहरू निर्वाध खुलेका छन् । आफ्नो घरनजिकको पसलमा सर्वसाधारणले दैनिक उपभोग्य सामग्री किनमेल गरेको देखिन्छ । उपत्यकामा गुडेका सवारीसाधनलाई प्रहरीले जाँच गर्दै गरेका थप तस्बिर :

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro