site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुईवटा विद्युत् प्रसारण लाइन निर्माणदेखि एक खर्ब बढी अनुदान सहायता माग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्दैछन् । चिनियाँ प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी स्वरुप परराष्ट्रमन्त्री आरजु राणा देउवा बुधबार बेइजिङ जाँदैछिन् । राणा मंसिर १४ गते स्वदेश फर्किनेछिन् । 

प्रधानमन्त्रीको चीन भ्रमणलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले तयारी तिव्र गतिमा गरिरहेको छ । प्रधानमन्त्री ओली आफै पनि छलफलमा जुटेका छन् । सोमबार मात्र उनले पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका थिए । 
सबै मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणमा उठाउनु पर्ने एजेण्डाहरु परराष्ट्र मन्त्रालयमा पठाइसकेका छन् । ती एजेन्डालाई परराष्ट्रमन्त्री राणा र अर्थमन्त्री विष्णुप्रसाद पौडेल बसेर अन्तिम रुप दिएका छन् । 

Dabur Nepal
NIC Asia

बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यन्वयन योजना सम्बन्धी सम्झौताका विषयमा भने भने सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको संयन्त्रमा रहेका सदस्यहरुबीच छलफल चलिरहेको छ । बीआरआई सम्झौतामा सम्बन्धमा यसै गर्ने भन्ने निर्णयमा संयन्त्र पुगेको छैन । 

“बीआरआईका सम्बन्धमा कांग्रेस र एमालेबीचको राजनीतिक संयन्त्रले जे निर्णय गर्छ त्यही हुन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “सम्झौता गर्ने तर तत्काल ऋण लिने खालका परियोजना नराख्ने गरी मध्यमार्गी बाटो लिने सम्भावना पनि छ ।” 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा ६ वटा क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । यसबारे प्रधानमन्त्री ओलीले सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलमा पनि केही छनक दिएका थिए । 

छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति तथा सम्झौताको प्रभावकारी कार्यान्वयन, विद्युत प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भइरहेको बताएका थिए । 

“विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयन, विद्युत प्रसारण लाइन निर्माण तथा विस्तार, सडक तथा रेलमार्ग निर्माण तथा विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, नेपालको उत्पान चीन निर्यात र अनुदान सहयाता गरी विशेष गरी ६ क्षेत्रलाई उच्च प्राथमिकतामा राखी भ्रमणको तयारी भइरहेको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

विगतमा नेपाल र चीनबीच थुप्रै सहमति तथा सम्झौता भएका छन् । तर तीनको कार्यान्वयन पक्ष भने निकै फितलो रहेको छ । 

गत वर्ष २०८० असोजमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको रुपमा चीनको भ्रमण गर्दा १२ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

२०७६ वैशाखमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्दा ४ वटा समझदारी तथा समझौतापत्रमा हस्ताक्षर भएको थियो । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा २० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

२०७५ असार महिनामाा प्रधानमन्त्रीको रुपमा ओलीले चीन भ्रमण गर्दा १४ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यस्तै, ओलीले २०७२ मा चीन भ्रमण गर्दा १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । 

पछिल्लो एक दशकमा नेपाल र चीनबीच ६० भन्दा बढी समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसमा नेपाली घाँस चीन निर्यात गर्नेदेखि पारवहन तथा यातायात सम्झौतासम्म छन् । 

“विगतमा भएका सहमति तथा सम्झौताको कार्यन्वयन पक्ष निकै फितलो छ । प्रधानमन्त्रीको चीन भ्रमणमा ती सहमति तथा सम्झौताको समिक्षा हुनेछ । कार्यान्वयन किन हुन सकेन, के कारण कार्यन्वयन रोकियो र त्यसलाई गति दिन के गर्नुपर्छ भन्ने बारे व्यापक छलफल भएको छ । भ्रमणमा यस्ता सम्झौताको कार्यन्वयनमा बढी जोड दिइनेछ,” परराष्ट्र स्रोतले भन्यो । 

प्रधानमन्त्रीको चीन भ्रमणमा विद्युत प्रसारण लाइन निर्माण तथा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ । यसमा दुई वटा अन्तरदेशिय प्रसारण लाइन राखिएको छ । 

नेपालले प्राथमिकतामा राखेको दुई वटा प्रसारण लाइनमा एउटा ४०० केभीको गल्छी–रसुवागढी–केरुङ विद्युत प्रसारण लाइन र अर्को २०० केभी क्षमताको किमाथान्का–छेन्ताङ विद्युत प्रसारण लाइन रहेको छ । 

“भ्रमणमा दुई वटा विद्युत प्रसारण लाइन विस्तार गर्न चीनलाई अनुरोध गरिने छ । यी प्रसारण लाइन निर्माण भए चीनमा पनि हामी विद्युत बिक्रि गर्न सक्छौं र आवश्यक परेमा चीनबाट आयात गर्न सकिन्छ,” पराष्ट्र स्रोतले भन्यो । 

गत वर्ष असोजमा प्रधानमन्त्रीको रुपमा प्रचण्डले चीन भ्रमण गर्दा जलविद्युत र अन्तर सीमा प्रशारण लाइन र सब स्टेशन निर्माण गर्दै उर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा दुई देश सहमत भएका थिए । 

गत वर्ष रसुवागढी–केरुङ २२० केभीको प्रशारण लाइन निर्माण यथासिघ्र सुरु  गर्न दुवै पक्ष सहमत भएका थिए । यसैलाई ४०० केभी क्षमतामा वृद्धि गरी अहिले निर्माणको लागि चीनलाई प्रस्ताव गर्न लागिएको हो । 

सडक तथा रेलमार्ग निर्माण तथा विस्तार विषय पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणमा उच्च प्राथमिकतामा परेको छ । यस अन्तर्गगत केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, अरनिको राजमार्जको मर्मत, स्याफ्रुबेसी–रसुवागढी सडक विस्तार, टोखा–छहरे टनेल निर्माण, काठमाडौंको चक्रपथ विस्तार लगायतका सडक तथा रेलमार्ग राखिएको छ । 

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण पनि उच्च प्राथमिकतामा परेका छन् । बीर अस्पताललाई नयाँ ठाउँमा सारी भवन निर्माण, चीतवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लागि भवन निर्माण लगायतका विषय पनि चीन समक्ष प्रस्ताव गरिने स्रोतको दाबी छ । 

चीनसँगको व्यापार घाटा कर्म गर्न नेपाली वस्तु चीन निर्यात गर्ने विषयलाई उच्च प्राथमिकताका साथ समेटिएको छ । 

नेपालले चीनसँग ठूलो रकम अनुदान सहयोग माग्ने तयारी पनि गरिरहेको छ । चिनियाँ राष्ट्रपति सीले २०७६ असोजमा नेपालको भ्रमण गर्दा नेपाललाई तीन वर्षमा खर्च गर्नेगरी अनुदान स्वरुप ३.५ बिलियन आरएनबी उपलब्ध गराउने घोषणा गरेका थिए । उक्त रकम नेपालले खर्च गर्न सकेन । यसैकारण प्रधानमन्त्रीको चीन भ्रमणमा थप अनुदान रकम माग्ने तयारी गरिएको छ । 

“७ अर्ब आरएनबी (१ खर्ब ३० अर्ब रुपैयाँ) अनुदान आर्थिक सहायता चीनसँग माग्ने तयारी भइरहेको छ,” परराष्ट्र स्रोतले भन्यो । 

यसको अलवा नेपालले चीनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लिएको ऋण अनुदानमा बदल्न पनि अनुरोध गर्नेछ । यस्तै, चीनसँग ऋण सहायतामा खरिद गरिएका ४ वटा विमानको ऋण मिनाह गर्न पनि अनुरोध गर्ने तयारी नेपालको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro