site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 पास भएपनि गाडी गुड्न नदिइने : दाङमा १८१ जनालाई सडकमै होल्ड ८० सवारीसाधन नियन्त्रणमा
Sarbottam CementSarbottam Cement

दाङ । दाङ प्रशासनले  जिल्लामा लकडाउनमा थप कडाइ गर्न थालेको छ । मंगलबारको सुरक्षा समितिको बैठकले अबदेखि बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म पास भए पनि सवारी चलाउन नदिने निर्णय गरेको छ । 

"अत्यावश्यक सवारी साधन बाहेक अब पास भएपनि त्यो समयमा कसैका गाडी गुड्न नदिने निर्णय भएको छ," जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले भने, "पासको बहानामा मानिसहरु रातको समयमा जथाभावी हिडडुल गर्न लागेको पाइएपछि यस्तो निर्णय गर्नु परेको हो ।"

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय छिमेकी जिल्ला बाँकेमा ह्वात्तै कोराना संक्रमित बढेपछि दाङमा लकडाउनमा कडाइ गर्न थालिएको छ । प्रहरीले सहर बजारमा लखर लखर हिड्नेलाई लाठी समेत लगाउन थालेको छ । अत्यावश्यक काम नपरी सडकमा हिड्नेलाई सडकमै दिनभर होल्ड गर्ने र बेलुकी पख प्रशिक्षण दिएर छोड्न दिएको छ । मंगलवार जिल्लामा १ सय ८१ जनालाई सडकमै होल्ड गरि प्रशिक्षण दिएर छोडिएको डिएसपी खड्काले बताए ।

त्यसैगरी जिल्लाका विभन्न स्थानमा गरि ८० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट बच्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्दा सुरुका दिनहरुमा प्रहरीले त्यसैगरी सवारी साधन नियन्त्रणमा लिने गरेको थियो । तर योबीचमा सवारी साधन नियन्त्रणमा लिने क्रम लगभग बन्द भइसकेको थियो । मानिसहरु पनि सडकमा लडकडाउन उलंघन गर्दै हिडिरहेका देखिन्थे । तर अबदेखि फेरि कडाई गर्ने संकेत प्रहरीले दिएको छ ।

Global Ime bank

"आजै बेलुकादेखि त्यसको अभ्यास भइसकेको छ," प्रवक्ता खड्काले भने, "अब भोलि बुधबारदेखि  हेर्नुहोला अब प्रशासन कस्दै जान्छ ।"

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण ठूलो संख्यामा देखिएको हुँदा त्यो अति आवश्यक रहेको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement