site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्यानडाबाट फर्किएको भोलिपल्ट दम्पती मृत फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित होटेल जन्मभूमिको कोठामा मृत फेला परेका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी शनिबार मात्र क्यानडाबाट नेपाल फर्किएको खुलेको छ । प्रहरीले फेला पारेको उनीहरूका पासपोर्ट अनुसार, सन् २०२२ मा माझी दम्पती क्यानडा उडेको खुलेको छ ।

त्यसको दुई वर्षपछि पहिलोपटक उनीहरू नेपाल फर्किएको देखिएको छ । उक्त होटेलमा झुन्डिएको अवस्थामा आइतबार बिहान उनीहरू मृत भेटिएका हुन् ।

उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । माझी दम्पती शनिबार (हिजो) करिब ७ बजे होटेल पुगेर चौथो तलाको १२० नम्बर कोठा ‘बुक’ गरिएको थियो । उनीहरूका साथबाट प्रहरीले ‘सुसाइड नोट’ भने फेला पारेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । दुवैजना मृत फेला परेका कारण घटनाको थप विवरण खुल्न नसकेको एसपी अधिकारीको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro