site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घटनास्थलमा अर्को बम फेला, घटनास्थल सिल
Sarbottam CementSarbottam Cement

दाङ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं- ७ गैरीगाउँको घटनास्थल अहिले सिल गरिएको छ । जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट गएको प्रहरीको टोलिले  घटनास्थल सिल गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बाह्रखरीलाई जानकारी दिए । 

विस्फोट नभएको बम समेत घटनास्थलमा भएकोले प्रहरीले बालबालिकाको शव उठाउन सकेको छैन । रातभर प्रहरीले शवको सुरक्षा दिने भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली शुक्रबार घटनास्थल गएर नपड्किएको बम डिस्पोज गरेपछि मात्र शव उठाइने प्रहरी नायब उपरीक्षक  गुरुङले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो। युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका प्रहरीको छ ।

गाउँ नजिकैको जंगलमा ग्वाला गएका त्रिवेणि गाँउपालिका ७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री र वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपाली बम विस्फोटमा परि मृत्यु भएको थियो । 

Global Ime bank

मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ । एकै गाउँका चार बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन् । गाउँमा त्रास फैलिएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो । विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए । 

युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले आशङका गरेको छ। चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन् ।

द्वन्द्वकालमा लुकाइएको बम बालबालिकाले खेलाउने क्रममा विस्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पामा बेवारिसे बम विस्फोट, ४ बालबालिकाकाे मृत्यु 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement