site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘ओलीले राजीनामा दिनुपर्‍यो, वामदेव प्रधानमन्त्री स्वीकार्न तयार छौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए निकास निस्कने बताएका छन् ।  “प्रधानमन्त्रीले निकास दिनुपर्छ । हामीले यसैलाई प्रधानमन्त्री बनाउँ भनेर भनेका छैनौं,” खनालले बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने, “उहाँले राजीनामा दिएपछि जो प्रधानमन्त्री भए पनि फरक पर्दैन ।”

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए । माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए । खनालले ओलीको यो प्रस्ताव गठबन्धन टुटाउने, फुटाउने उद्देश्यबाट प्रेरित भएको बताए ।

“बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको धुवाँधार विरोध भयो, सबैबाट । राजीनामाको माग भयो । हामीलाई टुटाउनफुटाउने उद्देश्य पनि होला, हुनचाहिँ, वामदेवको प्रस्ताव गरे,” खनालले बाह्रखरीसँग भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वामदेवको नाम प्रस्ताव हुँदा नेताहरूले आपत्ति नजनाएको खनालको भनाइ छ । जो हुँदा पनि आपत्तिको विषय थिएन । हामीले प्रतिवाद, विवाद केही पनि गरेनौं । हामीले उहाँको राजीनामाको माग गरेका छौं । केपी ओलीको विकल्पमा म हो, पुष्पकलम दाहाल प्रचण्ड हो, वामदेव गौतम हो, माधव नेपाल हो । हामी चार जना हौं । चारमध्ये जुनै विकल्पमा जान हामी तयारै छौं,” खनालले भने ।

प्रधानमन्त्रीले समय कटाउने गरी प्रस्ताव आएको पनि बताए । “यो टाइम गेन गर्नेगरी आएको हो । अनौठो मानेका छैनौं,” उनले प्रकाश पारे । सचिवालयको अर्को बैठक वैशाख २० गतेका लागि तय भएको छ । “२० गतेसम्म हामी तयारीका साथ लाग्छौं । त्यस बैठकले पक्कै निकास दिनेछ, अहिलेको प्रस्ताव फुटाउने खेल अन्तर्गत नै हो,” खनालले अन्तिममा थपे ।
 

केपी ओली सकिने कि, जोगिने

ओलीको अर्को प्रस्ताव : माधव नेपाल तेस्रो अध्यक्ष

नेकपा विवादमा ट्विस्ट– वामदेव प्रधानमन्त्री प्रस्तावित

ओलीको प्रस्ताव– त्यसो भए वामदेवलाई प्रधानमन्त्री बनाउँ

बालुवाटारमा हस्ताक्षर, ओलीको पक्षमा बहुमत सांसदले सही गरेको दाबी

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  ११:२५
प्रतिक्रिया दिनुहोस्