site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको निलो रिबनबारे एमाले भन्छ– हिँड्दा अपमानित महसुस हुने अवस्था आयो

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले अभद्र शैलीका साथ संसद् अवरोध गरेको आरोप लगाएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बर्तौलाले संसद्‌मा निलो स्कार्फ लगाएर रास्वपाका सांसदले अभद्र शैली देखाएको आरोप लगाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बर्तौलाले रास्वपाका सांसदहरूको विरोध शैलीका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

रास्वपाका सांसद मंगलबार प्रतिनिधिसभा बैठकमा निलो स्कार्फ लगाएर सहभागी भएका थिए । जसमा नेपाली कांग्रेसले आपत्ति जनाएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

तर, रास्वपाका सांसदहरूले आफूहरूको माग सम्बोधन नभए फेरि निलो स्कार्फमै बैठकमा सहभागी हुने अडान लिएपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्