site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको अर्को प्रस्ताव : माधव नेपाल तेस्रो अध्यक्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधान गर्न माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउनुपर्ने विकल्प अघि सारेका छन् । पार्टी सचिवालयको बुधबार बसेको बैठकमा चौथो वरीयताको नेता नेपाललाई अध्यक्ष बनाउन आफू तयार रहेको ओलीले बताएको स्रोतले जानकारी दियो ।

“आजको बैठकमा ओलीले नेता नेपाललाई तेस्रो अध्यक्ष प्रस्ताव गर्नुभएको छ । के नियतले प्रस्ताव ल्याउनुभएको हो, प्रस्ट भएको छैन,” स्रोतले बाह्रखरीसँग भन्यो । पूर्वएमाले एकतृत हुनुपर्ने भन्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललगायत ओली पक्षधर नेताहरूले केहीदिन अगाडि नै यो प्रस्ताव गरेका थिए । नेता नेपालसँगको भेटमा पनि ओलीले यही प्रस्ताव अघि सारेका थिए ।

ओलीको प्रस्ताव– त्यसो भए वामदेवलाई प्रधानमन्त्री बनाउँ

आजको बैठकमा प्रधानमन्त्री ओलीले औपचारिक प्रस्ताव नै गरेको नेपालनिकट स्रोतले भन्यो ।  नेकपाको अन्तरिम विधानमा दुईजना अध्यक्ष रहने प्रावधान छ । नेता नेपाल चौथो वरीयताको नेता भएकाले प्राविधिक हिसाबले पनि कठिनाइ छ । नेता नेपाललाई अध्यक्ष दिने हो भने वरिष्ठ नेत खनाललाई पनि मनाउनुपर्ने हुन सक्छ ।

यसअघि पनि खनाललाई उछिनेर नेपाललाई वरीयतामा माथि राखिएकाले यसपटक पनि त्यसै गर्न सकिने सोचाइमा ओली रहेको हुनसक्ने स्रोतले बतायो । “औपचारिक रूपमा प्रस्ताव आएपछि थाहा होला । आजको बैठकमा प्रस्तावचाहिँ आएको हो,” स्रोतले भन्यो ।

नेकपा विवादमा ट्विस्ट– वामदेव प्रधानमन्त्री प्रस्तावित

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  २३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro