site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनापछि नायक/नायिकाको पारिश्रमिक घटाउन माग
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्र क्षेत्रलाई पुनः चलायमान बनाउन सबै पक्षले सम्झौता गर्नुपर्ने चलचित्रकर्मीहरूले बताएका छन् । कोभिड–१९ को महामारीपछि विश्व चलचित्र बजारमा जस्तै नेपाली चलचित्र पनि संकटबाट गुज्रिने भन्दै त्यसबाट बाहिर आउन चलचित्र क्षेत्रसँग सम्बन्धित सबै पक्षले आ–आफ्नो तहबाट सम्झौता गर्नुपर्नेमा चलचित्रकर्मीहरूको जोड छ । 

कोरोनापछिको नयाँ परिस्थितिमा कलाकारहरूले आफ्नो पारिश्रमिकमा समायोजन गर्नुपर्ने निर्देशक प्रदीप भट्टराई बताउँछन् । “अब केही वर्ष कम लगानीमा चलचित्र बनाउन सकिएन भने निर्माता डुब्ने अवस्था छ,” उनी भन्छन्, “यस्तो अवस्थामा कलाकारले आफ्नो पारिश्रमिक घटाउनुपर्छ होला, र अन्य चलचित्रकर्मीहरूले पनि आ–आफ्नो तर्फबाट सकेको समायोजन गर्नुपर्छ ।” नेपालमा प्रतिचलचित्र औसत बजेट डेढ करोड मानिन्छ । 

KFC Island Ad
NIC Asia

निर्देशक दीपेन्द्र के खनाल अबका केही वर्ष चलचित्र निर्माणमा ठूलो संख्यामा कमी आउने भन्दै स्वतः पारिश्रमिकमा कमी आउने बताउँछन् । “अब कम्तिमा डेढ दुई वर्ष चलचित्र निर्माणमा कमी आउँछ । चलचित्र निर्माणमा कमी आउनेबित्तिकै काम पाउनकै लागि पनि कलाकारले कम पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था आउँछ,” निर्देशक दीपेन्द्र भन्छन् । 

कलाकारसँगै चलचित्र प्राविधिकहरूले पनि आफ्नो पारिश्रमिकमा कमी गर्नुपर्ने उनको भनाइ छ । निर्माताहरूलाई प्रोत्साहित गर्न सबैको उत्तिकै भूमिकामा हुने भन्दै उनी चलचित्र संघ, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड, चलचित्र कलाकार संघ, चलचित्र प्राविधक संघ बसेर निर्मातालाई पनि सहज हुने गरी एउटा सहमतिमा पुग्नुपर्नेमा उनको जोड छ । त्यस्तो सहमतिले निर्मातालाई चलचित्र निर्माणमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने निर्देशक दीपेन्द्र बताउँछन् । 

Royal Enfield Island Ad

चलचित्रलाई हलहरूले पनि केही सहुलियत दिनुपर्ने बताउँदै उनी भन्छन्, “चलचित्र हलकै लागि हो । नेपाली चलचित्रका लागि अनलाइन प्लेटफर्म छैन, त्यसैले हलहरूले पनि चलचित्रलाई छुट दिनुपर्छ ।” निर्देशक विनोद पौडेल कलाकार र प्राविधिकसँगै निर्देशकहरूले पनि आफ्नो पारिश्रमिकमा पुनर्विचार गर्नुपर्ने बताउँछन् । अर्थतन्त्रै कमजोर भएको अवस्थामा सबैले यसको सामना गर्दै पुरानो अवस्थामा नफर्किएसम्म पुरानै तौरतरिकाबाट अगाडि बढ्न खोजे समस्या झनै निम्तिने बताउँछन् । 

“विश्वकै अर्थतन्त्र धराशायी भएका बेला अब पुरानै शैली र प्रवृत्तिबाट अगाडि बढ्न सकिन्न,” विनोद भन्छन्, “यो नयाँ परिस्थितिमा बजेट मात्रै कम गरेर हुँदैन, अब विषय र प्रस्तुति पनि त्यही खालको हुनुपर्छ । अन्यथा चलचित्र उद्योग उक्सिन सक्दैन ।”

कलाकार दयाहाङ राई संकटमा पुगेको चलचित्र उद्योगलाई पुनः पहिलाकै अवस्थामा फर्काउन आफू सधैं तयार रहेको बताउँछन् । “पहिलो प्राथमिकता संकटमा रहेको चलचित्र क्षेत्रलाई कसरी उकास्ने हो त्यसमा ध्यान दिनुपर्छ । यसका लागि सबै बसेर कसरी विद्यमान अवस्थामा समस्याको समाधान खोज्दै अगाडि बढ्न सकिन्छ, त्यसमा छलफल गर्न सकिन्छ,” दयाहाङ भन्छन्, “चलचित्र क्षेत्रको हितका लागि म त सधैं तयार छु । कलाकारको पारिश्रमिक मात्रै होइन अरू कुरामा पनि नयाँ तरिकाले अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।” 

नेपाली चलचित्र क्षेत्रमा ५० लाखसम्म पारिश्रमिक लिने गरेका समाचारहरू सार्वजनिक हुने गरेका छन् । बजारमा क्रेज भएका नायकले ५० लाखसम्म र नायिकाले १६ लाखसम्म पारिश्रमिक लिने गरेका छन् । बजारमा ५० लाख भने पनि व्यववाहारमा भने त्यसको करिब ६० प्रतिशतसम्ममा काम गरेको चलचित्रकर्मीहरू बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro