विशेष
भक्तपुर । मुलुकभर अहिले लकडाउन छ । सरकारले चैत ११ देखि घोषणा गरेको लकडाउन (बन्दाबन्दी) ले सबै क्षेत्र प्रभावित बनेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको हो । यही लकडाउनकै कारण विभिन्न गतिविधि रोकिएका छन् । यसैक्रममा भक्तपुरमा आजको दिनमा हर्सोल्लासका साथ मनाइने सिन्दूर जात्रा पनि रोकिएको छ ।
हरेक वैशाख २ गते थिमिवरपर गाउँका देवी–देवतालाई खटमा राखेर सहर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई सिन्दूर जात्रा गर्ने चलन छ । यसपटक भने लकडाउनकै कारण सिन्दूर जात्रा नगरिए पनि सर्वसाधारणले भने बालकुमारी मन्दिरबाहिरै पूजा गरेका छन् । मन्दिरबाहिरै पूजा गरी थिमिका बासिन्दाले सिन्दूर जात्रालाई यसरी मनाए :
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७ १७:२०
प्रतिक्रिया दिनुहोस्