विशेष
काठमाडौं । लकडाउनका कारण मुलुक अहिले सुनसान बनेको छ । काम सबै रोकिएका छन् । यसको सबैभन्दा बढी प्रभाव दैनिक ज्याला गरी खाने मजदुरमा परेको छ ।
आज लकडाउन भएको १३ दिन पुगेको छ । यही क्रममा आज (आइतबार) काठमाडौं मैतिदेवी बस्ने केही युवा मिलेर दैनिक ज्याला–मजदुरी गरी गुजारा चलाउनेहरूलाई खाना खुवाएको छ ।
ती युवाले काठमाडौंको मखन टोलमा रहेका मजदुर तथा अलपत्र परेकाहरूलाई खाना तथा पानी बाँडेका थिए । यो खाना तथा पानी आफ्नै खर्चमा व्यवहोरेको युवाहरूको भनाइ छ । हेरौं केही तस्बिर :
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६ १३:५१
प्रतिक्रिया दिनुहोस्