काठमाडौं । लकडाउनको आज नवौं दिन पनि काठमाडौं सुनसान रह्यो । बिहान–बेलुका केहीबेर पसल खुल्ने भएकाले सर्वसाधाराणहरू किनमेलका लागि अलिअलि भीड लाग्नु स्वभाविकै हो । तर राजधानीका अधिकांश जनताले सरकारले गरेको लकडाउनलाई समर्थन गर्दैै घरभित्र बसेका छन् ।
कोरोना संक्रमण नभित्रियोस् भनेर लकडाउन गरिएपछि सडक धुवाँ–धूलोमुक्त बनेको छ । लकडाउनको नवौं दिनमा स्वयम्भू परिसर पनि शान्त देखियो । छेउछाउका पसलहरूमा सामान किनमेल गर्नेको हल्का आउजाउ देखिए पनि लकडाउन पूर्ण कार्यान्वयन भएको देखिन्छ ।
अरू बेला भक्तजनको निकै भीड हुने विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा आज झन्डै सुनसानको अवस्थामा थियो । यहाँ आएका केही भक्तजनले बाँदरलाई र परेवालाई खाना खुवाइरहेको देख्न सकिन्थ्यो । यही स्वयम्भूनाथ परिसरबाट यस्तो देखियो आजको दृष्य ।