site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अति विपन्नलाई खाना खुवाउने प्रदेश २ को तयारी

जनकपुर । प्रदेश २ का सबै (१३६) स्थानीय तहमा बुधबारदेखि बन्दाबन्दी (लकडाउन) को कारण दुई छाक खानाको समस्या भएकाहरुलाई खाना खुवाउने तयारी थालिएको छ । प्रदेश सरकारले जारी गरेको ‘कोरोना भाइरस (कोभिड १९) प्रभावित मजदुर, गरिब तथा आर्थिक रुपमा विपन्न किसानलाई राहत वितरण निर्देशिका २०७६’ अनुसार यो तयारी थालिएको हो । 

यसका लागि प्रदेश सरकारले मातहतका महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले रकम विनियोजन गरेको छ । 
प्रदेश २ मा १ महानगर, ३ उपमहानगर, ७३ नगर र ५९ गाउँपालिका छन् । 

निर्देशिकाअनुसार प्रत्येक वडामा वडा अध्यक्षकै संयोजकत्वमा एक पहिचान समिति गठन गरिँदैछ । उक्त समितिले नै राहत पाउनुपर्ने व्यक्ति, परिवारको पहिचान गरी तयार गर्ने सूचीअनुसार राहत वितरण गरिने निर्देशिकामा उल्लेख छ । प्रदेश २ मा १ हजार २ सय ७१ वडा छन् ।

वडा अध्यक्ष संयोजक रहने पहिचान समितिमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुका वडामा उपलब्ध एक जनाको दरले प्रतिनिधि, वडा अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुका प्रअ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रतिनिधि सदस्य रहने छन् भने वडा सचिव समितिको सदस्य सचिवको रुपमा काम गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

समितिले लक्षित समूहको पहिचानगरी सूचि तयार गरिसकेपछि सञ्चार माध्यममा समेत सार्वजनिक गरी स्थानीय तहलाई पठाउने र स्थानीय तहले सबै वडाको सूची संकलनगरी जिल्ला समन्वय समितिको कार्यालय र कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण कोषको सचिवालयमा पठाउनुपर्ने प्रावधान तोकिएको छ । 
प्रदेशले उक्त कार्यको लागि दिने अनुदान रकम पनि स्थानीय तहमार्फत वडास्तरमा गठित पहिचान समिति मार्फत नै खर्च गर्ने भनिएको छ ।

खाद्यान्न राहत वा अनुदान लक्षित समूहको परिवारको संख्या आधारमा उपलब्ध गराइनेछ । 

चार जनासम्म सदस्य रहेको परिवार र सोभन्दा बढी संख्या भएको परिवारको आधारमा दुई प्रकारको राहत प्याकेज बनाउने निर्देशिकामा उल्लेख छ । 

राहत नगद वा वस्तुगत जे पनि हुन सक्ने र राहत लिने तथा दिने व्यक्तिको दुरी कम्तीमा तीन फिट हुनुपर्ने भनिएको छ । 

राहत वितरणको मापदण्ड
–    परिवारको कुनै पनि सदस्य प्रशासनिक वा सार्वजनिक पदमा 
नरहेको

–    दैनिक ज्यालादारी बाहेक परिवारमा कुनै पनि आयस्रोत नभएको

–    सरकारी वा कुनै संस्थाबाट तलब, पेन्सन वा आय आर्जन नभएको

अनुगमन र मूल्यांकन व्यवस्था

–    राहत वा अनुदान वितरणको सम्बन्धित प्रदेशसभा सदस्यले स्थलगत अनुगमन गर्ने

–    प्रदेश स्तरमा निर्देशक समिति र कार्यान्वयन सहजीकरण समितिले अनुगमन गर्ने

–    जिल्लास्तरमा जिसस र जिल्ला विपद् व्यवस्थापन समितिले लक्षित समुहको पहिचान, अनुदान प्राप्ति, परिचालन र वितरण कार्यको अनुगमन गर्ने 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro