site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनसँगको व्यापार युद्ध अन्त्य गर्ने ट्रम्पको संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको चलिरहेको व्यापार युद्ध अन्त्य गर्ने संकेत दिएका छन् । साथै, उनले सामाजिक सञ्जाल टिकटकको भविष्यसम्बन्धी सम्झौता गर्न अझै केही समय लाग्न सक्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ट्रम्पले चीनविरुद्ध लगाएको अत्यधिक आयात करका कारण सेयर बजारमा व्यापक असर परिरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्पले ह्वाइट हाउसमा भेला भएका पत्रकारहरूसँग भने, “म यो आयात कर अझ बढोस् भन्ने चाहन्नँ किनभने एक निश्चित सीमापछि मानिसहरूले खरिद नै गर्न सक्ने छैनन् ।”

“त्यसैले म कर बढाउन वा त्यो स्तर भन्दामाथि लैजान पनि चाहन्नँ । म कम मात्र कर लगाउन चाहन्छु किनभने मानिसहरूले खरिद गरुन् भन्ने चाहनुपर्छ । एउटा निश्चित विन्दुमा पुगेपछि त उनीहरूले खरिद गर्ने छैनन्,” ट्रम्पले थप भने ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्