site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई महिनालाई धान्ने सञ्चो स्टक, एक साताभित्र पुनः उत्पादन

काठमाडौं । राजावादी समर्थकहरूको चैत १५ गतेको आगजनी र तोडफोडबाट क्षति पुगेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले अहिले सञ्चो उत्पादन गरेको छैन । कम्पनीले सञ्चो उत्पादन नगरेपछि बजारमा सञ्चो अभाव हुने हो कि भन्ने आशंका उब्जिएको छ । तर, कम्पनीसँग अहिले पनि दुई महिनालाई पुग्ने सञ्चो भण्डारण छ ।

जलेर नष्ट भएका फोहोरहरू सफा गरेपछि पुन: उत्पादन गर्ने तयारी भइरहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका उपप्रबन्धक तथा सूचना अधिकारी धर्मलाल नेपालले बताए । अहिले कम्पनीसँग दुई महिनाको माग धान्ने सञ्चो भण्डारण रहेको उनी बताउँछन् । 

“हामीसँग अहिले पनि दुई महिनालाई धान्ने सञ्चो हामीसँग स्टक छ । उत्पादन पनि चाँडै थाल्छौँ,” नेपालले बाह्रखरीसित भने, “हामीले केन्द्रीय कार्यालयबाट नै सञ्चो उत्पादन गर्ने तयारी गरिरहेका छौँ । सम्भव भएसम्म एक साताभित्र नै उत्पादन सुरु गर्छौं । बजारमा सञ्चो अभाव हुँदैन ।”

राजावादी समर्थकको आगजनी र तोडफोडबाट कम्पनीको करिब २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर, यसको अध्ययन गर्नका लागि समिति गठन गरिएको छ । आधिकारिक क्षतिको विवरण भने समितिको प्रतिवेदनले देखाउनेछ ।  

आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब तथा मेसिन पूर्णरूपमा क्षति भएको सूचना अधिकारी नेपालले बताए । आगजनी र तोडफोडका कारण उत्पादन कम हुनसक्ने भनेर तामागढी शाखाबाट उत्पादन भइरहेको उनी बताउँछन् । 

सञ्चो नेपालीलाई नै केन्द्रित गरेर उत्पादन गरिएको नेपाल बताउँछन् । सञ्चो नेपालीहरूमा चर्चित छ ।

बाराको तामागढी, सुनसरीको तररा, मोरङको बेलबारी र कैलालीको टिकापुरमा शाखा कार्यालय छन् । तामाढीबाट मात्र सञ्चो उत्पादन हुँदै आएको छ । सञ्चोबाहेक अन्य जडिबुटी तेलहरू नियमित रूपमा उत्पादन हुँदै आएका छन् ।

कम्पनीमा २५८ जना कर्मचारी छन् । जसमा स्थायी ३८ जना छन् भने करारमा ३६ जना र अरू १८४ जना कार्यरत छन् । ०३७ पुस १७ गते जडीबुटीको खेती, तेल तथा औषधि उत्पादनका लागि यो कम्पनी स्थापना गरिएको थियो ।कम्पनीको अधिकृत पुँजी पाँच करोड रुपैयाँ छ । जारी पुँजी तीन करोड ८६ लाख रुपैयाँ र चुक्तापुँजी दुई करोड ७५ लाख रुपैयाँ छ ।

आर्थिक वर्ष ०७९/८० मा कम्पनीले दुई करोड ८४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको तथ्यांक संस्थानको वार्षिक स्थिति समीक्षा २०८१ मा उल्लेख छ । तर, आर्थिक वर्ष ०७९/८० सम्मको खुद नाफा २७ करोड सात लाख रुपैयाँ छ ।

कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) ४१ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले सरकारलाई बुझाउन १२ करोड ९३ लाख र ब्याज ६९ लाख रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने ऋणको सावाँ चार करोड ९३ लाख र ब्याज ६९ हजार रुपैयाँ छ ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro