site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनमा सुनसान काठमाडौं उपत्यका (तस्बिरसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न सरकारले लकडाउन गरेको आज पाचौं दिन हो । लकडाउनमा अत्यावश्यक सेवाका सवारीसाधन चल्न दिएको सरकारले विहान बेलुका कही समयका लागि तरकारी तथा खाद्यवस्तुका पसल पनि खोल्न भनेको छ । 

नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै आजबाट लकडाउनमा नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन नदिन प्रहरीले थप कडा गर्ने भएको छ । यसका लागि प्रहरीले विशेष टोली नै बनाएर परिचालन गर्ने भएको छ ।  

जनस्वास्थ्यका लागि कोरोनाको संक्रमण फैलिन नदिन सरकारले नागरिकलाई बाहिर ननिस्किन भने पनि झुक्याएर जनता बाहिर निस्किरहेको प्रहरीले जनाएको छ । लकडाउन सफल बनाउन ठूलो संख्यामा प्रहरी परिचालित छ । 

यद्यपि एकाध व्यक्तिले लकडाउन उल्लंघन गरे पनि सडक सुनसान छन् । नेपालमा आजसम्म चार जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संक्रण हुने सबै विदेशबाट नेपाल फर्किएका नेपाली नागरिक हुन् । चीनबाट सुरु भएको कोरोनाबाट अहिलेसम्म २७ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro