site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मास्क अभाव हुन नदिन दाङमा अल्लोको मास्क बनाउन सुरु 
Sarbottam CementSarbottam Cement

दाङ । बजारमा मास्कको अभाव भएपछि दाङमा अल्लोको मास्क बनाउन थालिएको छ ।

घोराहीमा रहेको दाङ कोसेली घरले अल्लोको पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोसेली घरमा अल्लोबाट विभिन्‍न सामग्रीहरु उत्पादन हुँदै आएकोमा ‘कोरोना’को त्रास बढेर बजारमा मास्कको अभाव भएपछि अल्लोको मास्क बनाउन थालेको सञ्‍चालक प्रेमकुमारी पुनले बताइन् । अल्लोको मास्क बजारमा बिक्री सुरु भइसकेको छ । यो मास्कलाई स्यानेटाइजर प्रयोग गरी लामो समयसम्म प्रयोग गर्न सकिने उत्पादकहरुले बताएका छन् ।

डोटी, डडेल्धुराबाट अल्लो ल्याएर सामानहरु बनाउने गरेको कोसेली घरमा काम गर्दै आएकी ज्योति मगरले बताइन् । अल्लोको मास्कले स्थानीय माग धान्न सक्ने उत्पादकहरुले विश्वास लिएका छन् । अल्लो उत्पादन गर्नेहरुलाई प्राविधिक ज्ञान र तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमबहादुर वलीले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय