site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी वकिलले अभियोगपत्रमै भन्यो– प्रमाण पुगेपछि एसपी थापाविरुद्ध पूरक अभियोग ल्याउँछौँ 
एसपी कमल थापा र इन्स्पेक्टर बिनुकुमारी शाही । फाइल तस्बिर ।

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही जोडिएको भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हनी ट्रयाप घटनामा आरोपित र एसपी थापाबीच ह्वाट्सएपमा भएको संवाद उपलब्ध नगराएको भन्दै थप अनुसन्धानका निम्ति निर्देशन दिइएको हो ।

उक्त घटनामा पक्राउ परेका ताजम्मुल इस्लामको मोबाइल हालसम्म फेला परेको छैन । इन्स्पेक्टर शाहीको मोबाइलको समेत डिजिटल फरेन्सिक जाँच नगरिएको विषयमा प्रश्न उठाउँदै जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सीआईबीलाई पत्र काटेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी ताजम्मुलको बयान पोलमा परेका एसपी थापा, भगवती थापा, अनिषा कार्की र खुसी रसाइली समेतको घटना विवरण मिसिलमा संलग्न भएको उल्लेख गरेको छ । उनीहरूको संलग्नताबारे प्रमाण पुगेपछि पूरक अभियोग ल्याउने प्रतिबद्धतासहित आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी भरत मैनालीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार, कसुरमा अरू कोहीको संलग्नता रहेको भनी खुल्न आए सोही बखत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा २२ अनुसार थप अभियोगपत्र पेस गरिने व्यहोरा खुलाइएको छ ।

सीआईबीले गएको मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय ललितपुरमा बुझाएको थियो ।

त्यसअघि, जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धानमा उक्त घटनामा पक्राउ परेका इटहरीका ताजम्मुल र दर्शन पोखरेल समूहले ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुल गरेको खुलेको थियो । घटनामा ललितपुर जिल्लाबाहिर समेत अनुसन्धान गर्नुपर्ने भएपछि सीआईबीलाई जिम्मा लगाइएको थियो ।

इटहरीकै भीमादेवी थापा र सुस्मा विकसहितको समूहले हनी ट्रयापमा पारेर ती व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गर्ने प्रयास गरेको सीआईबीको अनुसन्धानका क्रममा खुलेको थियो । १० लाख रुपैयाँ भीमादेवीको खातामा ‘ट्रान्सफर’ समेत गरिएको थियो । बाँकी रकमको चेक प्रहरीले बरामद गरेको थियो ।

सोही घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख एवं इन्स्पेक्टर शाहीको संलग्नता देखिएपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पुर्जी जारी गरिएको थियो । पक्राउ पुर्जीसँगै पदबाट निलम्बित इन्स्पेक्टर शाही फरार छिन् ।

इन्स्पेक्टर शाहीलगायत व्यक्तिविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ । एसपी थापाविरुद्ध पनि सोही अभियोगमा अनुसन्धान प्रतिवेदन मागी मुद्दा चलाउने जिल्ला सरकारी वकिलको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro