_126654692.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आइतबार काठमाडौंमा जुत्ता प्रहार गरिएको छ ।
प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गरिएको भए पनि उनलाई भने लागेन ।
भरतमोहन अधिकारीको स्मृति दिवसमा भएको कार्यक्रममा सम्बोधनलगत्तै प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गरिएको थियो ।
प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
उनी विप्लव सूमहका कार्यकर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रचण्डमाथि जुत्ता हान्ने रतनविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी
प्रचण्डले सम्बोधन गरेर मञ्चमा बस्न जान लागेका बेला उनलाई लक्षित गर्दै जुत्ता प्रहार गरिएको थियो ।
जुत्ता प्रहार गर्ने रतन तिरुवाका बुबा सशस्त्र संघर्षमा मारिएका थिए ।
मोहन तिरुवा (रतनका बुबा) राज्यपक्षबाट मारिएका थिए । रतनले सुर्खेतमा अध्ययन सकेर केही समयअघि काठमाडौं आएका थिए । युद्धमा बुबा गुमाएको र प्रचण्डको सम्बोधन मन नगरेपछि जुत्ता प्रहारको प्रयास गरेको उनले बताएका छन् ।
प्रचण्डमाथि जुत्ता हान्नेलाई प्रहरीकै अगाडि लात्ती प्रहार ! (भिडियोसहित)
प्रहरीको नियन्त्रणमा रहेका तिरुवासँग प्रारम्भिक बयान लिइएको प्रहरीले जनाएको छ ।
रतनको बयान - प्रचण्डका कुरा चित्त बुझेनन् जुत्ता हान्दिएँ
उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
रतनको बयान उद्धृत गर्दै एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार प्रचण्डले बोलेका कुरा कहिले पनि पूरा नगरेको आक्रोश उनमा देखिन्छ ।
तिरूवामाथि प्रचण्डकै प्रेस सल्लाहकारको लात्ती
“सशस्त्र संघर्षमा प्रचण्डले देखाएका सपना बिर्सिए । त्यतिबेला बोलेका कुराहरु अहिले पूरा गर्न सकेनन् । कार्यक्रममा प्रचण्डले आदर्शवादी कुरा गरेको मलाई चित्त बुझेन । त्यसपछि जुत्ता हान्दिएँ,” रतनको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले जानकारी गराएको छ ।
यसअघि कुन-कुन नेतामाथि भएको थियो प्रहार ?
रतनका कान्छाबुबा रविकिरण तिरुवा अहिले विप्लव नेतृत्वको समूहका जुम्ला इन्चार्ज रहेको खुलेको छ ।
रतनमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने तयारी गरिएको छ ।
प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन, जसले सशस्त्र संघर्षमा बुबा गुमाएका थिए
प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बाह्रखरीसँगको कुराकानीमा भने, “अनुसन्धान गरिरहेकै छौं । अनुसन्धानबाट थप केही नखुले अभद्र व्यवहारमा म्याद थपेर कारबाही प्रक्रिया अघि बढाउछौं ।”
रतन काठमाडौंको डल्लुमा बसेर लोकसेवाको तयारी गरिरहेको जनाइएको छ ।
यसअघि को को माथि भएको थियो प्रहार ?
राजनीतिक दलका नेतामाथि प्रहार गर्ने विषय नौलो भने होइन । प्रचण्डमाथि नै यसअघि तत्कालीन माओवादीको चियापान समारोहमा एक सहभागीले माला लगाउने क्रममा थप्पड हानेका थिए ।
नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एकीककृत नेकपा माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा प्रचण्डलाई बाग्लुङका पदम कुँवरले थप्पड हानेका थिए ।
नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एकजना पक्राउ
त्यस्तै, नेकपाका नेता झलनाथ खनाललाई पनि सुनसरीमा पार्टीकै कार्यकर्ताले थप्पड हानेका थिए । उनलाई २०६७ माघ ६ गते तत्कालीन नेकपा एमालेले आयोजना गरेको एउटा कार्यक्रममा साविक भरोल गाविसका देवीप्रसाद रेग्मीले थप्पड हानेका हुन् ।
तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पनि कपनमा उनकै पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए ।
कांग्रेसको क्षेत्रीय समितिले २०६९ असोज १४ गते आयोजना गरेको सम्मेलन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेका कोइरालालाई पार्टीका क्रियाशील सदस्य प्रवेश बस्नेतले फोटोको फ्रेमले प्रहार गरेका थिए ।