site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चैत १५ गते पक्राउ परेका नेतालाई रिहा नगरेसम्म राप्रपाले आन्दोलन जारी राख्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते पक्राउ परेका नेताहरूलाई रिहा नगरेसम्म आन्दोलन जारी राख्ने भएको छ । आइतबार साँझ प्रहरीको नियन्त्रणबाट छुट्कारा पाएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको आन्दोलन जारी रहने बताएका हुन् ।

गाडीमा सवारी रहेका बेला सञ्चारकर्मीले लिङ्देनलाई चैत १५ गते पक्राउ परेका नेताहरूबारे प्रश्न गरेका थिए । जवाफमा लिङ्देनले भने, "रिहाइ नभएसम्म यस प्रकारका आन्दोलनमा रहन्छौँ ।"

उनले आगामी कदमबारे पार्टीमा छलफल हुने बताए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्