site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यसअघि कुन-कुन नेतामाथि भएको थियो प्रहार ? 

काठमाडौं । तत्कालीन नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा उपस्थित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । 

जुत्ता प्रहार गर्ने जुम्लाका २२ वर्षीय रतन तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । तर, जुत्ता भने उनलाई नलागेको प्रहरीले जनाएको छ । 

Argakhachi Cement Island Ad

राजनीतिक दलका नेतामाथि प्रहार गर्ने विषय नौलो भने होइन । प्रचण्डमाथि नै यसअघि तत्कालीन माओवादीको चियापान समारोहमा एक सहभागीले माला लगाउने क्रममा थप्पड हानेका थिए । 

नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एकीककृत नेकपा माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा प्रचण्डलाई बाग्लुङका पदम कुँवरले थप्पड हानेका थिए । 

त्यस्तै, नेकपाका नेता झलनाथ खनाललाई पनि सुनसरीमा पार्टीकै कार्यकर्ताले थप्पड हानेका थिए । उनलाई २०६७ माघ ६ गते तत्कालीन नेकपा एमालेले आयोजना गरेको एउटा कार्यक्रममा साविक भरोल गाविसका देवीप्रसाद रेग्मीले थप्पड हानेका हुन् ।

तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पनि कपनमा उनकै पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । 

कांग्रेसको क्षेत्रीय समितिले २०६९ असोज १४ गते आयोजना गरेको सम्मेलन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेका कोइरालालाई पार्टीका क्रियाशील सदस्य प्रवेश बस्नेतले फोटोको फ्रेमले प्रहार गरेका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १६:४५
प्रतिक्रिया दिनुहोस्