site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ महिनामा १३ खर्बको आयात, एक खर्ब ८८ अर्बको निर्यात
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो नौ महिनामा १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गत वर्षको नौ महिनाको तुलनामा १२.१८ प्रतिशत आयात बढेको हो । अघिल्लो वर्षको चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ ।

यस्तै, ९ महिनामा एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको नौ महिनाको तुलनामा ६५.१६ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार, नौ महिनामा सोयाबिन, सनफ्लावर तेल, अलैची, टेक्सटाइल, फलामजन्य सामग्री बढी निर्यात भएको छ ।

निर्यातमा केही वृद्धि भएता पनि आयात उच्च हुँदा नौ महिनामा व्यापार घाटा ६.४५ प्रतिशत बढेको छ । चैतसम्मको तथ्यांकअनुसार ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख ६८ हजार रुपैयाँबराबरको व्यापार घाटा भएको तथ्यांकले देखाउँछ ।

नौ महिनाको अवधिमा कुल १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ आयात–निर्यात भएको विभागले आइतबार सार्वजनिक गरेका तथ्यांकले देखाउँछ ।  

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro