site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तिरूवामाथि प्रचण्डकै प्रेस सल्लाहकारको लात्ती

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने युवकमाथि कुटपिट भएको छ । 

जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले कुटपिट गरेका हुन् । 

Argakhachi Cement Island Ad

प्रहरीले नियन्त्रणमा लिएर सभा हलबाट बाहिर ल्याउने बेला जुगलले तिरुवालाई अगाडि र पछाडिबाट लातले हानेका हुन् । 

तिरुवाले अर्का एकजनाले पनि हातपात गरेका थिए । तिरुवाले आइतबार राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १७:३३
प्रतिक्रिया दिनुहोस्