site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एकजना पक्राउ

फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । 

तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । 

जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरेका छन् । 

उनले जुत्ता हान्‍नेको अहिले नाम आइनसकेको जानकारी दिए । 

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरिएको थियो ।

तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ । जुत्ता प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro