site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दर्शक होइन, राम्रा चलचित्र हराए’
SkywellSkywell

काठमाडौं । चलचित्रकर्मीहरूले राम्रा चलचित्र ‘हराएको’ बताएका छन् । नेपाली चलचित्र हेर्ने दर्शक ‘हराए’ भन्ने टिप्पणी भइरहेका बेला चलचित्रकर्मीहरूले दर्शक होइन राम्रा चलचित्र हराएको बताएका हुन् । 

“धेरैपछि दर्शक हलमा आए, अत्यन्त खुसीको कुरा हो, दर्शक हराएका रहेनछन्,” कलाकार दीपकराज गिरी भन्छन्, “अब आएका दर्शक टिकाउने कि भड्काउने त्यो हाम्रै हातमा छ ।” कलाकार दीपकराजले शुक्रबारबाट हलमा प्रदर्शनरत चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हेर्न उल्लेख्य संख्यामा दर्शक हलसम्म आएपछि यस्तो बताएका हुन् । 

राम्रा चलचित्र बनाउन सके दर्शकसम्म आउने उनी बताउँछन् । अधिकांश नेपाली चलचित्रले दर्शकलाई टर्चर दिने उनको दाबी छ । “बलिउडमा ९० प्रतिशत चलचित्र कम्तीमा हेर्न सकिने हुन्छन् । तर हाम्रोमा ९० प्रतिशत चलचित्र पूरै हेर्न सकिँदैन,” दीपकराज भन्छन्, “अनि हामी नेपाली चलचित्र चलेनन् भन्छौं । कम्तिमा हेर्न सकिने राम्रा चलचित्र बनाऔं, दर्शक नेपाली चलचित्र हेर्न आउनु हुन्छ । दर्शक टिकाउने कि भड्काउने हाम्रै हातमा छ ।”

KFC Island Ad
NIC Asia

निर्माता तथा चलचित्र वितरक नरेन्द्र महर्जन दर्शक ‘होल्ड’ गर्न कठिन भएको बताउँछन् । नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढाउन विषयप्रधान चलचित्र आवश्यक रहेकोमा उनको जोड छ । 

“राम्रो चलचित्र भए चल्छ, नेपाली वा हिन्दी जुन भए पनि फरक पर्दैन । निरन्तर राम्रा चलचित्र नआउँदा वितृष्णा पक्कै भएकै हो,” नरेन्द्र भन्छन्, “राम्रा मेकरको आगमन भएन । राम्रा मेकरका चलचित्रले दर्शकलाई होल्ड गराउन नसक्नु पनि अर्को मुख्य कारण हो ।”

Royal Enfield Island Ad

मनोरञ्जनका साधन धेरै भएका कारण पनि हलमा दर्शकको उपस्थिति कम हुन थालेको उनको भनाइ छ । हलको विकल्पमा युट्युब, नेटफ्लिक्स जस्ता प्लेटफर्म आउँदा दर्शकको संख्या कम भएको हो । सिरिज पनि फिचर फिल्मको विकल्पका रूपमा देखिएको नरेन्द्र बताउँछन् । 

कलाकार खगेन्द्र लामिछानेले हराए भनेर दर्शकलाई दोष दिन नहुने बताए । दर्शक नहराएको भन्दै राम्रा चलचित्र बन्दा हलमा आइरहेको उनी बताउँछन् । 

“संसारका कुनै पनि देशमा हरेक साता चलचित्रमा मारामार दर्शक आउँदैनन्,” निर्देशक तथा लेखकसमेत रहेका खगेन्द्र भन्छन्, “आफूलाई मन पर्ने चलचित्र दर्शकले लिस्टमा राखेका हुन्छन् । र त्यो चलचित्र आउँदा हेर्न जान्छन् ।”

दर्शक आएका बेला चलचित्रले वितृष्णा भने जगाउन नहुने उनको भनाइ छ । कम्तिमा महिना÷डेढ महिनामा राम्रा चलचित्र आए नेपाली चलचित्र पनि रोजाइमा पर्ने खगेन्द्र बताउँछन् । 

नेपालमा बक्स अफिस कलेक्सनको रेकर्ड पनि नेपाली चलचित्रकै नाममा रहेको भन्दै उनी भन्छन्, “बिजनेसका हिसाबले पनि रेकर्ड नेपाली चलचित्रकै नाममा छ । यसको अर्थ नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ठूलो छ भन्ने हो ।” 

नायिका सुरक्षा पन्त योपटक आफूले हलमा नयाँ दर्शक देखेको बताउँछिन् । ‘आमा’ हेर्न चलचित्र घरमा नयाँ दर्शक आएको उनको भनाइ छ । “८० वर्ष नाघेका आमाहरू पनि यो चलचित्र हेर्न आएको पाएँ । फरक–फरक उमेर र रुचि भएका दर्शक हुनुहुँदोरहेछ, उहाँहरूलाई लक्षित गरेर हामीले चलचित्र बनाउन नसकेको मात्रै रहेछ,” सुरक्षा भन्छिन्, “एउटा क्लासको दर्शक हुनुुहुँदोरहेछ, जो २०/२२ वर्षदेखि हल आउन छाड्नु भएको, उहाँहरू आमा हेर्न आउनुभयो ।”

नेपाली चलचित्रमा दर्शक छैनन् भन्नुभन्दा पनि उहाँहरूलाई संबोधन गरेर बनाउन नसकिएको भन्ने अनुभुत भएको उनी बताउँछिन् ।

विषयप्रधान चलचित्र बनाएको अवस्थामा दशर्कले चलचित्र मन पराउने चलचित्रकर्मीहरूको भनाइ छ । पछिल्लो समय बलिउडमा समेत सस्तो मनोरञ्जन र स्टारडमभन्दा विषयप्रधान चलचित्रले बजार लिँदै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro