site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनताको साथ बिना समृद्धि असम्भव : मुख्यमन्त्री पोखरेल
Sarbottam CementSarbottam Cement

दाङ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताको साथले नै समृद्धि हासिल गर्न सकिने बताएका छन् । प्रदेश नं. ५ सरकारको स्थापना दिवसको अवसरमा दाङको बेलझुण्डीमा भएको एक्स्पो समापन समारोहलाई सम्बोधन गर्दै उनले जनताको साथविना मुलुकलाई समृद्ध बनाउन नसकिने समेत बताए ।

उनले मुलुक समृद्धिको यात्रामा अघि बढेको भन्दै त्यसमा जनताले साथ दिनुपर्ने बताए । उनले प्रदेश नं. ५ को समृद्धि नै सिंगो मुलुकको समृद्धि रहेको समेत बताए । शनिबारदेखि सुरु भएको एक्स्पोले प्रदेशको पहिचान, संस्कृति र सम्भावना झल्काएको समेत उनले बताए । अहिले स्टलमा प्रदेशभित्र उत्पादन हुने कृषिजन्य बस्तुहरुपनि राखिएको भन्दै अहिले कृषिजन्य बस्तु बजारिकरणमा समस्या रहेपनि त्यो समस्या समाधान गर्न तर्फ प्रदेश सरकार तत्पर रहेको बताए 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले निर्वाहमुखी हुने गरेको भन्दै मुलुकको समृद्धिकालागि आयआर्जनमुखी कार्यमा समेत ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले कृषकका लागि थोरै व्याजमा अनुदान दिने गरि प्रदेश सरकारले अघि बढेको समेत बताए । अहिले वनक्षेत्रबाट उत्पादन लिन नसकिएको भन्दै उनले बनबाट ५० प्रतिशत उत्पादन लिन सक्नुपर्ने समेत बताए । उनले प्रदेशले समृद्धिकालागि पर्यटनको बिकासमा पनि ध्यान दिएको बताए ।

 विभिन्न पहिचान झल्किने थारु नाच, थाल नाच, सांरंगी धुन प्रस्तुत गरिएको थियो । साथै तीन दिनसम्म प्रदेश नं। ५ को पहिचान, संस्कृति झल्किने करिब दुईसय स्टलहरु राखिएको थियो । एक्स्पोमा प्रदेश नं। ५ का १२ वटै जिल्लाको पहिचान झल्किने नाच तथा झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउनुका साथै प्रदेशका काम, कारवाहीको बारेमा जानकारी दिन स्थापना दिवसमा एक्स्पोको आयोजना गरिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय