site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गीत चोरी गरेको आरोपमा मुद्दा दायर गर्दै अग्रज श्रष्टा

काठमाडौं । आफ्ना गीत विनाअनुमति विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्युजिक प्लेटफर्ममा प्रयोग भएको भन्दै अग्रज श्रष्टाहरु मुद्दाको तयारीमा छन् । गायक भक्तराज आचार्य, प्र्रेमध्वज प्रधान, गीतकार यादव खरेल तथा स्वर्गीय गायक अमर गुरुङका गीतको कपिराइट उनका छोराले खोज्दैछन् । 

भक्तराज आचार्यका छोरा गायक सत्यराज आचार्यले आफूहरु मुद्दाको अन्तिम तयारीमा रहेको जानकारी दिए । नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा फाइल पुगिसकेको उनले बताए । 

“बुवा (भक्तराज आचार्य)को ४० वटा गीत विनाअनुमति प्रयोग भएका छन् । यी प्रत्येक गीतमा मुद्दा दर्ता गर्दैछौं,” सत्यराज भन्छन्, “बुवासँगै अमुर गुरुङ, यादव खरेल र प्रेमध्वज प्रधानसहित चार जनाको एक सयभन्दा धेरै गीत विनाअनुमति प्रयोग तथा बिक्रीवितरण गरेको भन्दै मुद्दा दर्ता गर्दैछौं ।” 

गीतकार यादव खरेल रेकर्ड भएका आफ्ना २५० वटा गीतमध्ये करिव सयवटा गीतको डिजिटल राइट्स आफूसँग रहेको बताउँछन् । 

“म स्वयम्ले म्युजिक कम्पनीका सञ्चालकसँग बसेर सहमति गरेर कानुनी बाटोतर्फ नजाउँ भनेर आग्रह गरेको हो । तर सञ्चालक स्वयम्ले मिलेर जान आवश्यक ठान्नु भएन । सायद कानुनी रुपमा आफैं बलियो छु भनेर होला,” यादव खरेल भन्छन्, “अब कानुनी बाटो रोज्नुको विकल्प मसँग पनि रहेन । आजबाट वकिलसँग बसेर छलफल सुरु भयो । कुन कुन गीतमा प्रतिलिपि अधिकार र कुनमा ठगीको मुद्दा चल्छ, अध्ययन सुरु भएको छ ।” 

उनले करिब एक हप्तामा प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा दर्ता गरेर मुद्दा अदालतमा पुग्ने बताए । 

गायक तथा संगीतकार राजन इशानले भने यसअघि नै आफ्ना गीत विनाअनुमति देश भित्र र बाहिरका म्युजिक प्लेटफर्ममा प्रयोग गरेको भन्दै मुद्दा दर्ता गरिसकेका छन् । 

रञ्जना म्युजिक र इन्द्रेणी क्यासेट सेन्टरविरुद्ध प्रहरीसमक्ष मुद्दा दर्ता गरेका हुन् । ‘बसमा छैन मेरो मन’ विनास्वीकृति बेचेको भन्दै सञ्चालकविरुद्ध उजुरी दिएका थिए । प्रहरीले यी दुई कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी पनि जारी गरिसकेको छ । 

क्यासेट र सीडीको मात्रै कपी राइट्स लिएका कतिपय म्युजिक कम्पनीहरुले डिजिटल प्लेटफर्म युट्युब तथा विदेशका अन्य डिजिटिल प्लेटफर्ममा पनि आफ्नो गीत संगीत प्रयोग गरेको भन्दै श्रष्टाहरु आन्दोलित भएका हुन् । 

क्यासेट र सीडी मात्रै बिक्री हुने समयका आफूले बजारमा ल्याएका गीत अधिकांश म्युजिक कम्पनीहरुले युट्युबमा पनि राखेको तर त्यसको मुनाफा सर्जकलाई नदिएपछि कपिराइट्सको अधिकार खोज्नु परेको संगीतकार लक्ष्मण शेष बताउँछन् । 

सर्जकहरुले पटकपटक आफ्नो अधिकार खोजे पनि नपाएपछि अब कानुुनी लडाईंमा आफूहरु गएको उनी बताउँछन् । 

गायक तथा संगीतकार राजन इशान अहिलेसम्म कपिराइटका मुद्दा प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय तथा प्रहरीमा पुगेर मिलापत्रमा टुङ्गिने गरे पनि आफू् भने अदालत नै पुग्ने बताउँछन् । 

एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिक, साउन्ड क्लाउड, ई–म्युजिकलगायत सयभन्दा बढी संगीत पाइने विश्वका लोकप्रिय म्युजिक प्लेटफर्म हुन् । 

यीमध्ये धेरैमा नेपाली गीत नेपाली एग्रिगेटरले बेचिरहेको नेपाली श्रष्टाको आशंका छ । तर श्रष्टासँग प्रतिलिपि अधिकार लिँदा नेपालका लागि मात्रै भनेर अधिकार लिने गरेको उनीहरुको गुनासो छ । 

यूएईको इड्रियस र डू, ओमानको नवरस र मोबाइल, कतारको क्युटेल, बहराइनको भिवा, कुवेतको जैन, माल्दिभ्सको वातानिया, भारतको बीएसएनएल, भारतको भोडाफोन र टाटा जीएसएम लगायत खाडीका २८ देशका विभिन्न मोबाइल सेवा प्रदायक कम्पनीहरुसँग नेपाली केही एग्रिगेटरले नेपाली गीत दिएको तर त्यसको जानकारी र रोयल्टी सर्जकहरुलाई नदिएको संगीतकार लक्ष्मण बताउँछन् । 

“साउन्ड ड्रप, लेभल डिष्ट्रिब्युसन, ईएमयू ब्यान्ड, ब्यान्ड क्याम्प, म्युजिक इन्फो डट आईआ लगायत दर्जनौं एग्रिगेटरलाई नेपाली एग्रिगेटरले नेपाली गीत दिएको सूचना छ,” उनी भन्छन्, “यसरी श्रष्टाको बिना अनुमति गीत बेचिनु कानुन विपरीत हो । श्रष्टाहरु ठगिइरहेका छन् ।” 

तस्बिर : सम्बन्धित व्यक्तिको फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro