site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एकै समयमा दोहोरो दरबन्दी
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा एकै समयमा दोहोरो दरबन्दीमा रहेर केही प्राध्यापकले सुविधा लिइरहेको पाइएको छ । दुई संस्थामा दरबन्दीमै काम गरी सुविधा लिनु गैरकानुनी मानिन्छ । तर दाङको सामुदायिक क्याम्पस राप्ती बबईमा अध्यापन गराउने केही प्राध्यापकले एकै समयमा दुई संस्थामा काम गरिरहेका छन् । क्याम्पसका र अन्य शिक्षण संस्थामा एकै समयमा काम गर्ने क्याम्पसले अनुमति पनि दिएको छैन ।

बिहान १०ः४५ बजेसम्म पूर्णकालीन प्राध्यापकका लागि क्याम्पसमै तोकिएको छ । तर केही प्राध्यापक १० बजेअघि नै अर्काे शिक्षण संस्थामा पनि दरबन्दीमै छन् । केही जिम्मेवार पदमा पनि रहेको क्याम्पस स्रोतले जनाएको छ ।

राप्ती बबई क्याम्पसमा पूर्णकालीन शिक्षक दरबन्दीमा रहेका ८ प्राध्यापक नेपाल संस्कृत विश्व विद्यालय, गुरुजजुर मावि तथा तुलसीपुर क्षेत्रका केही प्रतिष्ठत निजी शिक्षण संस्थामा पनि पूर्णकालीन दरबन्दीमा छन् । बिहान १० बजेदेखि अर्काे संस्थामा हाजिर गर्ने र दोहारो सुविधा लिने गरेको भेटिएपछि क्याम्पसले समेत कडाइ गर्न थालेको बुझिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राप्ती बबई क्याम्पस प्रमुख युवराज रावतले क्याम्पसको समय बिहान पौने ११ बजेसम्म रहेको र त्योबीच पूर्णकालीन प्राध्यापकहरूलाई अन्य संस्थामा काम गर्ने अनुमति नदिएको दाबी गरे । स्थायी, पूर्णकालीन करार र अस्थायी दरबन्दीमा कार्यरत प्राध्यापकले पुरै समय क्याम्पसलाई दिनुपर्ने नीति भएकाले यो समय क्याम्पसकै रहेको उनको दाबी छ । उनले क्याम्पसका ८ प्राध्यापक अहिले अन्य शिक्षण संस्थामा पनि हाजिरी भएको भन्दै त्यसलाई क्याम्पसले रोक्न थालेको बताए ।

गुरुजरुर माविकी प्रधानाध्यापक विष्णुकुमारी केसीले विद्यालयको समय बिहान १० बजेदेखि नै भएको र विद्यालयमा आबद्ध शिक्षकहरू १० बजे नै आइपुग्नुपर्ने बताइन् । ‘‘केही शिक्षक साथीहरू राप्ती बबई क्याम्पसमा आबद्ध पनि हुनुहुन्छ तर विद्यालय १० बजे हाजिर गरिसक्नुपर्छ,’’ उनले भनिन्, ‘‘तर गुरुजजुर र राप्ती बबई क्याम्पसका पढाउने शिक्षकको समय एउटै परिरहेको छ ।’’

Global Ime bank

राप्ती बबईमा पनि दरबन्दी र गुरुजजुरमा पनि दरबन्दीमा रहेर सेवा सुविधा खाइरहेका दुईजना छन् । हिमालय श्रवण देवकोटा क्याम्पसका सहायक प्राध्यापक पूर्णकालीन करार दरबन्दीमा छन् । उनी गुरुजजुरका प्रावि स्थायी शिक्षक हुन् । त्यसै गरी मनोजकुमार केसी क्याम्पसका पूर्णकालीन करार सहायक प्राध्यापक हुन् । उनी पनि गुरुजजुर माविको उमावि दरबन्दीमा कार्यरत छन् । दुवैको शिक्षण समय क्याम्पसमा पौने ११ बजेसम्म र विद्यालयको १० बजेदेखि हो ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा सह–प्राध्यापकमा रहेका ४ प्राध्यापक विश्व विद्यालयमा र राप्ती बबईमा पनि दरबन्दीमा कार्यरत छन् । उनीहरू पनि एकै समयमा दुईतिर हाजिर गरी सुविधा लिइरहेका छन् । जनता क्याम्पसका सह–प्राध्यापकका रूपमा कार्यरत बाबुराम आचार्य, मधुसूदन भट्टराई, टीका गौतम, ऋषि शर्मा राप्ती बबई क्याम्पसमा सहायक प्राध्यापकमा पूर्णकालीन करार दरबन्दीमा कार्यरत छन् ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति रमेशप्रसाद ढकालले कार्यरत प्राध्यापक, कर्मचारीहरूलाई अन्य संस्थामा काम गर्न अनुमति नदिइएको बताए । उनले पहिले दिएको भए पनि त्यो खारेज गरिसकेको जनाए । बबई क्याम्पसका पूर्वप्रमुख तथा सह–प्राध्यापक शालिकराम रेग्मी तुलसीपुरकै एक निजी कलेजमा बिहानको कक्षा पढाइरहेका छन् । पूर्वक्याम्पस प्रमुख लक्ष्मण रेग्मी क्याम्पसको स्थायी दरबन्दीमा छन् । उनी तुलसीपुरमा रहेको आदर्श एकेडेमीको प्रिन्सिपल भएका छन् । रेग्मीले क्याम्पस समयपछि मात्रै विद्यालयको प्रिन्सिपलको भूमिका रहने दावी गरे । विद्यालय समय १० बजेदेखि हो । सबैको समय पौन ११ सम्म क्याम्पसकै हो । त्योबीच कहीं कतै जान क्याम्पसले अनुमति दिएको छैन । क्याम्पसलाई सुधार गर्नुको साटो जागिर खाने थलोका रूपमा लिँदै त्यही समयमा अर्काे संस्थामा अध्यापन गराउन जानु पदको र जिम्मेवारीको दुरुपयोग हो ।

क्याम्पस सञ्चालन समितिले पनि दोहोरो सुविधा लिने र क्याम्पसको समयमा अन्यत्र जाने शिक्षकलाई नीतिअनुसार कारबाही हुने बताएको छ । सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीले ६–११ क्याम्पसको समय भएको र त्यसबखत क्याम्पसले नै सेवा सुविधा दिएको भन्दै आंशिकबाहेक अरूलाई बाहिर काम गर्न अनुमति नभएको बताए । उनले छिट्टै यो विषयमा प्रतिवेदनसमेत सार्वजनिक गरी नियम नमान्ने प्राध्यापकहरूलाई कारबाही गरिने दाबी गरे । दोहोरो दरबन्दीमा रहेका शिक्षक प्राध्यापकहरूले भने आफूहरूले समय मिलाएर पढाइरहेको बताएका छन् । क्याम्पसमा मानवीकी, शिक्षा व्यवस्थापनको ११ कक्षादेखि स्नातकोत्तरसम्म पढाइ हुँदै आएको छ ।
-सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय