site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश-५ मा नेकपाका तीनैजना विजयी 
Sarbottam CementSarbottam Cement

दाङ । राष्ट्रियसभा सदस्यका लागि बिहीबार दाङमा भएको निर्वाचनमा प्रेदश ५ मा नेकपाका तीनैजना उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् ।

दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनले दाङको निर्वाचन क्षेत्र नं। ३ को (क) मा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

रुकुमबाट निर्वाचन पूर्व बसाइसराई गरेर तुलसीपुर झरेका उनी नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दशन शर्माका आफन्त पनि हुन । शर्मा नेकपा प्रदेश नं। ५का सचिव पनि हुन् ।

राष्ट्रिसभाका तीनजना सदस्य पदका लागि नौंजनाबीच प्रतिपर्धा भएको थियो । नेकपा र कांग्रेसबाट समान तीन-तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाले उमेदवारी दिएका थिए ।

Global Ime bank

कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घखाँचीबाट बालकृष्ण पाण्डेय उमेदवार थिए । त्यस्तै समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दीयाका कृष्णप्रसाद अहिर उमेदवार थिए । त्यसैगरी राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उमेदवार बनाएको थियो ।

प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य चुन्न दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय