site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्पोरेट बिजनेस बन्दै ओस्कार अवार्ड
SkywellSkywell

काठमाडौं । गत भदौको पहिलो साता । लसएन्जल्सको एक होटल । अमेरिकन चलचित्र निर्माता यातिन पर्खानी र विनोद पौडेल गफिरहेका थिए । गफको विषय थियो– विनोदको चलचित्र ‘बुलबुल’ को ओस्कार अवार्डको यात्रा । 

छेउमै रहेका एक व्यक्ति विनोद र यातिनसँग चिनजान गर्न आए । उनी ओस्कार अवार्डबारे कुरा गरेको सुनेर चिनापर्ची गर्न आएका रहेछन् । उनले विनोदलाई प्रस्ताव गरे– २५ लाख अमेरिकी डलर (सवा २८ करोड रुपैयाँ) । ती अंग्रेजको प्रस्ताव थियो– २५ लाख अमेरिकी डलर देऊ, तिम्रो चलचित्र ओस्कारको नोमिनेसनका लागि क्याम्पेन गरिदिन्छु ।

जब विनोदले ती अंग्रेजको कुरा सुने युवावयदेखि सम्मानले हेरेको ओस्कार अवार्डप्रतिको दृष्टिकोण नै टुट्यो । अर्का अंग्रेजले पनि प्रस्ताव करिब उस्तै थियो । १० लाख डलर मागेका थिए । त्यसले ओस्कार अवार्डप्रति रहेको विनोदको विश्वास र हेर्ने नजरै टुट्यो । 

KFC Island Ad
NIC Asia

“हामी गरिब देशका गरिब मेकरका लागि होइन रहेछ ओस्कार, यो त धनी देशका धनी मेकरहरूका लागि मात्रै रहेछ,” विनोद भन्छन्, “हामी ८०/९० लाखमा चलचित्र बनाउनेले क्याम्पेनकै लागि मात्रै ३०औं करोड मागिँदोरहेछ ।” 

यसरी पैसा माग्ने व्यक्ति ओस्कार अवार्डको जुरीमा बस्ने व्यक्ति भने होइनन् । तर उनीहरूसँग राम्रो सम्बन्ध भएका एजेन्ट हुन् । उनीहरूले ओस्कारको बेस्ट फरेन ल्याङ्ग्वेज क्याटगोरी विधाअन्तर्गत सिफारिस भएका चलचित्रका मेकरहरूसँग पैसा मागेर उनीहरूका चलचित्र स्क्रिनिङ गर्नुका साथै कक्टेल पार्टी आयोजना गर्छन् । उक्त पार्टीमा ओस्कार अवार्डको भोटरहरूलाई बोलाएर ती चलचित्र हेर्न लगाउँछन् । अमेरिका बाहिरबाट गएका चलचित्र ओस्कारका भोटरसमक्ष नोटिस गराउने यो नै अचुक उपाय हो । यसबाट भोटरलाई प्रभावमा जसले पार्न सक्यो उसको चलचित्र नोमिनेसनमा पर्ने सम्भावना रहन्छ । “यसमा खर्च गर्न नसक्नेहरूका चलचित्र नोमिनेसनमा पर्ने सम्भावना निकै कम हुन्छ,” विनोद भन्छन्, “अमेरिकाको कुनै एकै व्यवसायिक हलमा कम्तिमा एक महिना चलाउनु पर्ने हुन्छ, त्यसैले हाम्रा लागि ओस्कार धेरै टाढाको कुरा रहेछ ।” 

Royal Enfield Island Ad

सन् २००१ मा आमिर खानको चलचित्र ‘लगान’ ओस्कारमा पुग्दा आमिरले अवार्ड प्राप्त गर्न क्याम्पेन नपुगेको सार्वजनिक रूपमै बताएका थिए । 

क्याम्पेनका लागि यस्ता एजेन्टले ओस्कारले विश्वरभरबाट आएका चलचित्रको सूची सार्वजनिक गरेपछि सम्बन्धित देशका चलचित्र बनाउने कम्पनीलाई ई–मेलमार्फत बधाई पठाउँदै क्याम्पेनका लागि सहयोग गरिदिने भन्दै प्रस्ताव पठाउँछन् । ‘लिपिस्टिक अन्डर माई वुर्ख’ की निर्देशक अलानकृता श्रीवास्तव र निर्देशक तथा अभिनेत्री कोनकोना सिंहसँग कोरियामा विनोदको भेट एसियन फिल्म मार्केटमा भयो । 

विनोदले आफ्नो फिल्म ओस्कारमा पुगेको सुनाए । अलानकृताले स्टोरी सुनिन् । मेन प्रोटागोनिस्ट महिला रहेकाले राम्रो प्रभाव पार्न सक्छ भन्दै १०/१५ करोड भए पनि खर्च गर्न सुझाइन् । विनोदले आफूसँग पैसा नभएको सुनाए । उनले पुनः भनिन्, “तपाईंसँग छैन भने सरकारसँग माग । स्पोन्सर खोज । यो अवसर नगुमाउनुस् ।” 

“उनले यसोभन्दा कोनकोना सेन मुसुमुसु हाँसिरहेकी थिइन्, कारण उनलाई नेपालको सरकारले चलचित्र क्षेत्रलाई सहयोग गर्दैैन भन्ने उनलाई थाहा थियो,” विनोद सुनाउँछन्, “उनले नेपाल र भारतको सरकारले आर्टलाई बुझ्दैनन्, तर जसरी हुन्छ जाउनुस् गली ब्वाय त गइसक्यो ।” 

विश्वमै फेयर मानिने ओस्कार अवार्डमा पनि यसरी पैसाले प्रभाव पार्छ भने चलचित्रको वास्तविक मूल्यांकन हुन नसक्ने विनोद बताउँछन् । फिल्म पढ्ने बेलामा ओस्कार अवार्डप्रति देखेको सपना त्यहाँ पुगेपछि गल्र्यामगुर्लुम्म भत्किएको उनी बताउँछन् । 

“जब म त्यहाँ पुगें ओस्कारमा कर्पोरेट बिजनेस भएको देखेपछि सिनेमा आर्ट हो भन्ने मेरो विश्वासमाथि नै तुषारापात भयो,” विनोद भन्छन्, “सौन्दर्यशास्त्र भन्ने कुरा कहाँ हराएछ ? सिनेमा वस्तु भएछ, सिनेमा किनबेच पो भइसकेछ भन्ने लाग्यो ।” आफूलाई लसएन्जल्समा थुप्रै एजेन्टहरूले ओस्कार अवार्ड कर्पोरेट बिजनेस भएको बताएको विनोद बताउँछन् । 

अमेरिकामै फिल्म पढेर फर्किएका निर्देशक नरेशकुमार केसी पनि ओस्कारमा क्याम्पियन गर्न नसक्ने मेकरको चलचित्र नोमिनेसनमा पर्ने सम्भावना निकै न्यून रहेको बताउँछन् । “ओस्कारमा सधैं हलिउडै दबदबा रहन्छ । तर हलिउड बाहिर त्यहाँका भन्दा कति राम्रा चलचित्र बनिरहेका छन्,” नरेश भन्छन्, “हलिउड बाहिरका चलचित्र त्यहाँका भोटरलाई नोटिस गराउनै गाह्रो छ ।” 

नेपालबाट ओस्कारका लागि सिफारिस भएका चलचित्रका एक मेकरले आफू अमेरिकामा छँदा क्याम्पेनका लागि सहयोग गरिदिन आग्रह गरेको उनी सम्झिन्छन् । ठूलो रकम खर्चिनुपर्ने भएकाले त्यो सम्भव नभएको उनी बताउँछन् । ओस्कार अवार्ड कर्पोरेट बिजनेसमा परिणत हुँदै गएका कारण हलिउडका थुप्रै राम्रा निर्देशकहरूले विरोधसँगै बहिष्कार गर्ने गरेको नरेश बताउँछन् । 

अमेरिकामै फिल्म पढेर नेपाल फर्किएर चलचित्र निर्देशन गरिरहेका निर्देशक विशाल सापकोटा पैसा खर्च गरी जति धेरै स्क्रिन गरेर भोटरलाई देखाउन सक्यो त्यति नै नोमिनेसनको सम्भावना उच्च हुने बताउँछन् । “धेरै पत्रकार बोलाएर क्याम्पेन गर्न सक्यो भने त्यहाँ पत्रिकामा समीक्षा आउँछ र त्यसलाई भोटरले नोटिस गर्छन् र त्यस्ता चलचित्र नोमिनेसनमा पर्छन् ।” ओस्कार अवार्ड आएपछि लसएन्जल्समा स्क्रिनिङ र कक्टेल निकै धेरै हुने गरेको विशाल सुनाउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro