![चितवनमा मिनी म्याराथन हुने](https://12khari.de/uploads/posts/mini_marathon_1232086497.jpg)
चितवन । रोटरी क्लब अफ रत्ननगरले चितवनको रत्ननगरमा माघ ११ गते मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ ।
भ्रमण वर्षलाई लक्षित गर्दै र दौड मानव स्वास्थ्यको लागि भन्ने सन्देश दिन म्याराथनको प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष विपिन पोख्रेलले क्लबको नियमित कार्यातालिका अनुसार राष्ट्रिय स्तरको मिनी म्याराथन प्रतियोगिता गर्न लागिएको बताए । उनका अनुसार उक्त दिन बिहान ८ बजे भण्डाराबाट म्याराथन शुरु हुनेछ । राष्ट्रिय स्तरका धावकसहित तीन सय जनाले म्याराथनमा सहभागिता जनाउने उनले जानकारी दिए ।
१५ किमी दूरी रहने दौड प्रतियोगितामा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार समेतको व्यवस्था गरिने छ । प्रथम हुनेले ५० हजार, द्धितियलाई २५ हजार र तृतीयलाई १५ हजार रुपैयांँ व्यवस्था गरिएको पोख्रेलले जानकारी दिए । प्रतियोगितामा देशभरबाट विभागीय धावक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत भाग लिँदैछन् ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)