site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गोलकिपर मार्टिनेज नायक बन्दा अर्जेन्टिना सेमिफाइनलमा 

काठमाडौं । गोलकिपर इमिलियानो मार्टिनेज नायक बन्दा साविक विजेता अर्जेन्टिनाले इक्वेटरविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्दै कोपा अमेरिका २०२४ को सेमिफाइनल यात्रा तय गरेको छ ।

अमेरिकाको एनआरजी रंगशालामा भएको खेलको निर्धारित समय १/१ गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले इक्वेडरविरुद्ध ४/२ को जित निकालेको हो । प्रतियोगिताको क्वाटरफाइनलमा र सेमिफाइनलमा अतिरिक्त समय नभएकाले खेल सोझै पेनाल्टीमा प्रवेश गरेको हो ।

Dabur Nepal
NIC Asia

पेनाल्टीमा अर्जेन्टिनाबाट प्रहारका लागि आएका पाँचमध्ये चारजनाले गोल गरे । अर्जेन्टिनाबाट पहिलो प्रहारका लागि आएका कप्तान लियोनल मेसीले ‘पेन्नेन्का’को प्रयास गरे पनि बारमा लागेर फर्किएको थियो । 

तर, यसपछि प्रहारका लागि आएका हुलियन आल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्सियल र निकोलस ओटामेण्डीले पेनाल्टी प्रहारमा कुनै गल्ती गरेनन् । 

इक्वेडरका एन्जल मिना र एलन मिन्डाको प्रहार अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले जोगाएका थिए । इक्वेडरको सुरुआती दुई प्रहार बचाएपछि अर्जेन्टिना सहज स्थितिमा पुगेको थियो । इक्वेडरको तेस्रो र चौथो प्रहार गोल भए पनि त्यो जितका लागि पर्याप्त बनेन । 

इक्वेडरबाट तेस्रो प्रहारका लागि जोन एबोह र चौथो प्रहारका लागि आएका जोर्डी कैसेडोले गोल गरेका थिए ।

त्यसअघि खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका  मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए‌ । 

तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro