site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री लामिछानेबारे आईजीपी कुँवरको अभिव्यक्तिमा सांसदले उठाए प्रश्न
तस्बिर : हरिशंग क्षेत्री/बाह्रखरी

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको भनेर दिएको अभिव्यक्तिबारे संसदीय छानबिन समितिमा प्रश्न उठेको छ ।

शुक्रबार समितिको बैठकमा सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था समितिमा महानिरीक्षक कुँवरले दिएको अभिव्यक्तिलाई लिएर प्रश्न गरेकी हुन् ।

समितिले आजको बैठकमा आईजीपी कुँवरसहितलाई छलफलमा बोलाएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा सहभागी एक सांसदका अनुसार सांसद न्यौपानेले एकै प्रकारको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतलाई पक्राउ गरिएको तर गृहमन्त्रीलाई छाडिएको भन्दै आईजीपी कुँवरलाई प्रश्न गरेकी थिइन् ।

आईजीपी कुवँरले सुरुमै सुप्रिमलगायत सहकारीको अनुसन्धान भइरहेको जानकारी गराएका थिए । त्यसपछि सांसद न्यौपानेले 'दबाबमा परेर राज्य व्यवस्था समितिमा भिव्यक्ति दिनुभएको हो ?' भनेर प्रश्न गरेकी थिइन् । उनले पोखरा महानगरको प्रतिवेदनमा गृहमन्त्रीको नाम उल्लेख भएको विषय पनि उठाएकी थिइन् ।

आईजीपी कुँवरले जवाफ दिँदै भनेका थिए, “हामी छानबिनमा छौँ । छानबिन भइरहेको छ ।”

ती सांसदका अनुसार पूरक प्रश्न सोध्दा पनि कुवँरले छानबिन भइरहेको बताएका थिए । सांसद न्यौपानेले सांसद बस्नेतको प्रसंग निकाल्दै उस्तै प्रकृतिको विषयमा लामिछानेलाई किन उन्मुक्ति भन्ने पूरक प्रश्न गरेकी थिइन् ।

तर, कुँवर आफ्नो २ बजे अन्यत्र बैठक भएको भन्दै यो विषय अनुसन्धानमा रहेको जवाफ दिएको ती सांसले बताए ।

“जवाफमा स्किप गर्दै आयो । अनुसन्धानमा रहेको उहाँले ईश्वरी माननीयज्यूको प्रश्नमा जवाफ दिइरहनुभयो,” उनले भने । 

अर्का एक सांसदले दिएको जानकारी अनुसार कुँवरले आफूले सूचनाको आधारमा बोल्ने भन्दै आजको दिनमा पनि नयाँ विषय केही नभएको बताएका थिए । 

“विषय अनुसन्धानको क्रममा छ । अभियोजनको अवस्थामा पुगेको छैन,” कुँवरको भनाइ उद्धृत गर्दै ती सांसदले भने ।

०८० चैत २० गते राज्य व्यवस्था समितिको बैठकमा आईजीपी कुवँरले गृहमन्त्री लामिछानेविरुद्ध उजुरी नपरेको अभिव्यक्ति दिएका थिए ।

आईजीपी कुँवरले राज्य व्यवस्था समितिमा 'ठाडो उजुरीको रूपमा जो इस्यू आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन,” गृहमन्त्रीतर्फ हेर्दै भनेका थिए, “अहिले सांकेतिकरूपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।”

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्