site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियालिटी–शो : प्रतिभा चिनेरै आउँछ त भोट ?
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । सिङगिङ रियालिटी–शो ‘भ्वाइस अफ नेपालको सिजन–१’ मा कोच प्रमोद खरेलको टिममा रहेका सीडी विजय अधिकारी ‘ब्याटल राउन्ड’ बाटै बाहिरिए । कोचमा रहेको ‘स्टिल’ गर्ने अधिकारको प्रयोग गर्दै अर्का कोच दीप श्रेष्ठले आफ्नो टिममा ल्याए । अन्ततः तिनै अधिकारी सिजन–वानको विजेता बने । 

सिजन–२ मा पनि दुरुस्तै त्यस्तै भयो । टिम दीपबाट ‘ब्याटल राउन्ड’बाट बाहिरिएका राम लिम्बूलाई कोच प्रमोदले ‘स्टिल’ गरे । तिनै ‘स्टिल’ गरिएका लिम्बूले सिजन–२ मा बाजी मारे । ‘ब्याटल राउन्ड’मा चार कोचले आ–आफ्ना प्रतिस्पर्धीभित्रै दुई–दुई जनाबीच प्रतिस्पर्धा गराउँछन् । दुईमध्ये जसले राम्रो गर्छ उसलाई ‘लाइभ’ अर्थात् ‘भोटिङ राउन्ड’मा लैजान्छन् भने तुलनात्मक रूपमा कमजोर प्रतियोगी बाहिरिन्छन् । 

‘ब्याटल’मा पुगेका सबै प्रतिस्पर्धीले एक–अर्काबीच प्रतिस्पर्धा गर्न पाउँदैनन् । एक जनासँग मात्रै प्रतिस्पर्धा गरे पुग्छ । ‘लाइभ राउन्ड’मा पुगेपछि भने सबैले सबैसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अर्थात् जसले दर्शकको भोट धेरै पाउँछ ऊ नै अगाडि बढ्छ ।

गायक हेमन्त शर्मा यसलाई अनौठो ‘फर्म्याट’ भन्छन् । व्यावसायिक ‘फर्म्याट’ भएकाले शोको ‘डिजाइन’ नै अनौठो भएको उनी बताउँछन् । यद्यपि व्यावसायिक शो भएकाले यसलाई अन्यथा लिन नसकिने हेमन्तको भनाइ छ । “हल्यान्डबाट सुरु भएको शो भएकाले यसको फर्म्याट नै यस्तै हो,” हेमन्त भन्छन्, “व्यावसायिक संस्थाले गर्ने भएकाले शो कसरी व्यावसायिक हुन्छ त्यसमा आयोजकको ध्यान जान्छ । सरकारले गरेको भए सायद यो भएन भनेर भन्न सकिन्थ्यो ।” 

‘रियालिटी–शो’को ‘फर्म्याट’का कारण कहिले–काहीं राम्रा प्रतिभा माइनस हुने सम्भावना पनि रहेको उनी बताउँछन् । गायक कालीप्रसाद बास्कोटा ‘रियालिटी–शो’को ‘फर्म्याट’ले सांगीतिक दुनियाँ नचल्ने बताउँछन् । यद्यपि ‘शो’को ‘फर्म्याट’भित्र बस्नैपर्ने उनी बताउँछन् ।  प्रतिस्पर्धी र दर्शकबीच निर्णायकले माध्यमको भूमिका मात्रै निर्वाह गर्ने उनको भनाइ छ । “भोटमा गएपछि आमजनताको सोच जस्तो छ त्यही भोटमा पनि देखिने हो, यो नेपालमा मात्रै होइन संसारभर  यस्तै हुने हो,” नेपाल आइडलका निर्णायकसमेत रहेका कालीप्रसाद भन्छन्, “शिक्षित जनता भएको ठाउँमा त्यस्तै नतिजा आउँछ नभएको ठाउँमा त्यहीअनुसारको आउँछ । कुनै देशमा रेसिजम छ भने त्यो भोटमार्फत देखिन्छ ।”

‘रियालिटी–शो’मा आकर्षक व्यक्तित्वले पनि प्रभाव पार्ने कालीप्रसाद बताउँछन् । “आकर्षक व्यक्तित्वले फ्यान फलोइङमा असर पार्छ । फ्यानफलोइङ धेरै हुँदा त्यसले भोटिङमा प्रभाव पार्छ,” उनी थप्छन्, “तर मुख्य कुरा बाहिर निस्किएपछि उसले त्यसलाई कसरी निरन्तरता दिन्छ भन्ने हो । रियालिटी–शोको फर्म्याटभित्र जसले धेरै भोट पाउँछ त्यही नै विजेता बन्छ ।”  यसका असर देखिन सक्ने तर व्यावसायिक कार्यक्रम भएकाले त्यसलाई नजरअन्दाज भने गर्न नसकिने कालीप्रसाद बताउँछन् । दर्शकले प्रतिस्पर्धीलाई मन पराउने तरिका धेरै भएको उनको अनुभव छ । “कसैले भौगोलिक, कसैले जातीय हिसावले त कतिले गुड लुकिङका आधारले मन पराउनुहुन्छ,” उनी थप्छन्, “यही आधारमा मन पराउनुपर्छ भन्ने त छैन । तर मुख्य पक्षचाहिँ गायन नै हो ।” 

उत्कृष्ट १५/१० मा आइपुेपछि निर्णायकले फरकफरक प्रतिभालाई जनतामाझ पुर्‍याइदिने हो तर अनुमोदन भने दर्शकले गर्नुपर्ने कालीप्रसाद बताउँछन् ।  “रियालिटी–शो’मा आएर म विजेता बन्छुभन्दा पनि मसँग यो क्षमता र यसलाई देखाउँछु भन्ने प्रतिस्पर्धीमा हुनुपर्छ,” उनी भन्छन्, “विजेता हुनु र नहुनुले केही फरक पर्दैन । रियालिटी शो जितेर आएका मात्रै हिट छैनन् ।” ‘रियालिटी–शो’मा दर्शकबाट आउने भोटले पनि प्रतिभा छनोटमा केही तलमाथि हुने गरेको गायक दीप श्रेष्ठ बताउँछन् । भ्वाइस अफ नेपालका कोचसमेत रहेका उनी भन्छन्, “जनताबाट आउने भोटले पनि प्रतिभा छनोटमा केही असर गरिरहेको हुन्छ । हामीले सोचेका विनरमा भोटका कारण १९–२० भइरहेको हुन्छ ।” 

टेलिभिजनहरूले प्रतिभा खोज्नेभन्दा पनि व्यावसायमा जोड दिने गरेको संगीतकार वसन्त सापकोटाको बुझाइ छ । स्टोरी बनाएर नाटकीय ढंगले प्रस्तुति दिएर टीआरपी बढाउनेतर्फ मात्रै ‘रियालिटी–शो’को ध्यान गएको उनको भनाइ छ । “रियालिटी–शो सकिएपछि विजेता नै अलपत्र परिरहेको देखिन्छ,” वसन्त भन्छन्, “बाहिर आएपछि स्टेजमा गाउन र आफू चिनिन विजेतासँग एउटा गीत पनि हुँदैन ।” 

वसन्त ‘रियालिटी–शो’को फम्र्याट नै गलत भएको गुनासो गर्छन् । प्रतिस्पर्धीलाई ‘रियालिटी–शो’मा छँदै अरूका गीतसँगै आफ्नै गीत पनि रेकर्ड गराउन लगाएर त्यही स्टेजबाट गाउन लगाउनुपर्ने उनी बताउँछन् । “रियालिटी–शोबाट बाहिर आएपछि भोलि के गर्ने भन्ने दूरगामी सोच नहुँदा नेपाल आइडल, भ्वाइस अफ नेपाल, नेपाली तारा भइसकेका व्यक्ति पनि दुई–तीन वर्षपछि सांगीतिक क्षेत्रमा केही गर्न नसकेपछि फ्रस्टेड हुने अवस्था छ,” उनी भन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro