site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी महिला निर्देशक जसका फिल्म फ्लप भएनन् 
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाली रजतपटमा महिला निर्देशकको संख्या न्यून छ । वार्षिक सयको हाराहारीमा चलचित्र रिलिज हुँदा महिला निर्देशकद्वारा निर्देशित चलचित्रको भेट्न मुस्किल छ । एकाधले चलचित्र निर्देशनलाई निरन्तरता दिए पनि अधिकांशले एउटा निर्देशनपछि पेसै छाड्ने गरेका छन् । पछिल्लो समय निर्देशनलाई निरन्तरता दिइरहनेमा दीपाश्री निरौला र झरना थापा हुन् ।

दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ सिरिजलाई निर्देशन गर्दै आएकी छिन् भने झरनाले ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ निर्देशन गरेकी छन् । झरना अहिले ‘ए मेरो हजुर ४’ निर्देशनको तयारीमा छिन् । उनले अनमोल केसी र छोरी सुहानालाई अनुबन्ध गरिसकेकी छिन् । यी दुई निर्देशकका सबै चलचित्र बक्स अफिसमा सफल छन् । ‘छक्का पञ्जा’ का सबै सिरिजले बक्स अफिसमा कलेक्सनको ‘रेकर्ड ब्रेक’ गरेका छन् । झरनाका चलचित्रले पनि राम्रोे ग्रस कलेक्सन गरेका थिए । अनुभवी निर्देशकका चलचित्रसमेत घाटामा गइरहेका बेला दीपाश्री र झरनाले अहिलेसम्म यो नियतिको सामना गर्नुपरेको छैन । 

यी दुवै निर्देशक अभिनयको पृष्ठभूमिबाट निर्देशनमा आएका हुन् । अभिनयको बाटो हुँदै निर्देशनसम्म फड्को मार्ने नायिका हुन् दीपाश्री । टेलिचलचित्रमा अभिनय गरेकी उनले हास्य टेलिचलचित्र ‘तीतो सत्य’मा लामो समय सहायक निर्देशक भएर काम गरेकी थिइन् । झरना दुई दशक नायिकाका रूपमा अभिनयमा रहेर उनी निर्देशनमा फड्को मारेकी थिइन् । उनी आफ्नै ब्यानरका चलचित्र निर्देशन गर्दै आएकी छन् । निर्माता सुनीलकुमार थापा झरनाका पति हुन् भने सुहाना थापा छोरी हुन् । सुहानालाई झरनाले आफ्नै चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्र नगरीमा भित्रिएकी हुन् ।

रेनेशा राईले पनि चलचित्र निर्देशन गरेकी छिन् । कोरियोग्राफरबाट निर्देशकमा फड्को मारेकी उनले एउटा चलचित्र निर्देशन गरेकी छन्, ‘इन्टुमिन्टु लन्डनमा’ । उनको यो चलचित्रले पनि राम्रो कलेक्सन गर्‍यो ।

झरना आफ्ना चलचित्र चल्नुमा धेरै कारण रहेको बताउँछिन् । प्रोडक्सन हाउसको ब्रान्ड, ‘ए मेरो हजुर’ को ब्रान्ड र आफ्नो नाम पनि आफ्ना चलचित्र सफल हुनुको मुख्य कारण रहेको उनी बताउँछिन् ।

“दर्जनौं चलचित्रमा सफल अभिनेत्रीको भूमिका निर्वाह गरें ।  पहिलो चलचित्रमा सफल नायिका झरनाले कस्तो चलचित्र निर्देशन गर्ने हो भन्ने दर्शकलाई प्रतीक्षा थियो,” झरना भन्छिन्, “दोस्रोमा ‘ए मेरो हजुर २’ बाट दर्शकको मन जितेको थिएँ । झरनाले राम्रो चलचित्र बनाउन सक्छे भन्ने छाप परेको थियो । अर्को पक्ष अनमोल पनि हो । उसको आफ्नै स्टारडम छ । र, अर्को सुहाना पनि हो । झरनाकी छोरीले कस्तो काम गरेको होला भनेर मलाई माया गर्ने दर्शक वेटिङमा हुनुहुन्थ्यो ।” 

दीपाश्री चलचित्र ‘होल टिम’ को मिहिनेतको उपज भन्छिन् । ‘छक्का पञ्जा’ सँग जोडिएका सबै व्यक्तिको मिहिनेतकै कारण चलचित्र राम्रो भएको उनी बताउँछिन् । “चलचित्रमा दीपाश्री पनि केही होइन । कुनै एउटा पात्रमात्रै पनि केही होइन । सबैभन्दा ठूलो कुरा टिम हो,” दीपाश्री भन्छिन्, “चलचित्रको मेरुदण्ड भनेको स्क्रिप्ट हो । चलचित्रमा ७५ प्रतिशत स्क्रिप्ट बोल्छ । २५ प्रतिशत मात्रै हो निर्देशकले फिल्डमा गएर निर्देशन गर्ने । पछिल्लो समयमा त एंगलसमेत सिनेम्याटोग्राफरले दिन्छ । क्यारेक्टरअनुसार कथा बगेको छ/छैन, त्यो मात्रै निर्देशकले हेर्ने हो ।”

झरना, दीपा र रेनेशासँगै सुचित्रा श्रेष्ठ, रक्षासिंह राणा, दीपा बस्नेत, सम्झना उप्रेती रौनियार, सिर्जना बस्नेत, निलु डोल्मा शेर्पा, सबु सुवेदी'/अनिशा खड्का, लक्षु गौतम, समुद्र भट्ट, रेखा थापा र संगीता श्रेष्ठ महिला निर्देशक हुन् । सुचित्रा भने पहिलो महिला निर्देशक हुन् । 

महिला निर्देशक र उनले निर्देशन गरेका चलचित्र :
१. सुचित्रा श्रेष्ठ  -  प्रेमयुद्ध
२. रक्षासिंह राणा  - द गेम
३. दीपा बस्नेत  - अन्तराल, श्री ५ अम्बरे
४. सम्झना उप्रेती रौनियार - मेघा, फागु
५. सिर्जना बस्नेत  - गुडलक
६. नीलु डोल्मा शेर्पा  - हाउ फन्नी
७. सबु सुवेदी /अनिशा खड्का  - चलेछ बतास सुस्तरी
८. लक्षु गौतम  - तँ म र ऊ, ब्ल्याक इयर
९. समुद्र भट्ट  - आधापेज
१०. रेखा थापा  - हिम्मतवाली, मालिका
११. संगीता श्रेष्ठ  - कथा काठमाडौं

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro