site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावी हत्कण्डा : कास्कीको फिर्के खोलाका अतिक्रमित संरचना हटाउने मापदण्ड विपरीत सहमति 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाका अतिक्रमित संरचना हटाउन आफैंले बनाएको मापदण्ड विपरित सहमति गरेको पाइएको छ । यसअघि पोखरा महानगरले स्थान अनुसार १० देखि ६ मिटरसम्म संरचना बनाउन नपाइने मापदण्ड बनाएको थियो । पछिल्लो समय अतिक्रमण गरेर बनाएका संरचना हटाउन महानगर सक्रिय बनेको थियो ।

तर, उपनिर्वाचनको मुखमा उक्त पोखरा महानगरले मापदण्डविपरीत सहमति गरेको पाइएको हो । स्वतन्त्रमा उमेदवार दिएका सुनिलबहादुर कोइरालाको घर, जग्गा तथा संरचना फिर्के खोलाको मापदण्डभित्र पर्छ । उनी मात्र होइन, त्यस क्षेत्रका दुई सयभन्दा बढी घर खोलाको मापदण्डभित्र छन ।

उनी टेबल चुनाव चिन्ह लिएर प्रचारमा छन । फिर्के मापदण्ड विरोधीको मत उनले काट्न सक्ने आँकलनपछि नेकपाले उनलाई फकाउन विभिन्न प्रयासहरु गर्‍यो । नेकपाको प्रयासपछि स्वतन्त्र उमेदवार कोइरालाले महानगरले मापदण्ड घटाउनुपर्ने शर्त राखे । शर्त मान्न नेकपा तयार भयो । 

KFC Island Ad
NIC Asia

नेकपाका सांसदसमेत रहेका खगराज अधिकारी, नेकपा कास्की इन्चार्ज  तथा चुनाव कमान्डर राजकाजी गुरुङ, पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्मा, फिर्के खोला संरक्षण तथा मापदण्ड समिति, नागरिक समाजका प्रतिनिधिसहितले फिर्के खोलाको मापदण्डलाई एक मिटरमा झार्ने लिखित सहमति नै गरेको पाइएको छ ।

यो सहमति मंगलबार मात्रै भएको हो । बैठकमा महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपाली स्वयं उपस्थित थिए । उनले बैठकमा सहभागी भएको तर मापदण्ड घटाउने कुरा गलत रहेको दाबी गरेका छन् ।

"अब त्यो कसले लेखिदियो त्यो गलत हो, मापदण्ड घटाउने भन्ने कुरा सबै गलत हो, कसैले गलत तरिकाले गरे होला, गलत काम गरे होला, " उनले भने ।

यता, महानगरको कार्यपालिका बैठकमा नै मापदण्ड घटाउने विषयलाई अजेण्डा बनाउने तयारी भइरहेको प्रवक्ता नेपालीले बताए । "छलफको विषय बन्न सक्छ," उनले भने । तर, एक मिटर नै भन्ने नरहेको उनको दाबी छ ।

यता स्वतन्त्र उमेदवार सुनिल कोइरालाले भने मापदण्ड घटाउने सहमति भएपछि प्रचारप्रसार रोकेको जनाएका छन । उनी मंगलबार बैठकमा सहभागी थिए । "पुरानो मापदण्ड छ नी त्यो हटाउने भनिएको छ । बैठकमा नलागि हाम्रो अभियान नै फिर्के मापदण्ड पीडितको पक्षमा थियो, चुनाव जित्न गाह्रो कुरा नै हो । म आफैँ पीडित हुँ, फिर्केपीडितको मागलाइ लिएर चुनावमा भाग लिएको हुँ, महानगरले कार्यान्वयन गर्ने भनेपछि प्रचारप्रसार छाडिदिएँ, जनताको जीत भएको छ," उनले भने ।

बैठकमा मेयर मानबहादुर जिसि भने उपस्थित थिएनन् ।

कास्की २ मा हुन लागेको प्रतिनिधिसभाको उमेदवारमा नेकपाबाट स्व. रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई चुनावी मैदानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro