site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा छुट्टाछुटै घटनामा तीनजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

हेटौँडा । मकवानपुरका विभिन्न स्थानमा शुक्रबार भएका छुट्टाछुटै घटनामा तीनजनाले ज्यान गुमाएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–८, दारीमबासमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । विद्युत् प्राधिकरणले जडान गरेको ११ हजार भोल्टेजको हाइटेन्सन तार चुडिएर भुइँमा लत्रिएको नांगो तारमा करेन्ट लागेर स्थानीय ३८ वर्षीय मंगलसिंह प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

करेन्ट लागेर अर्का स्थानीय ४० वर्षीया इन्द्रमाया मगर घाइते भएकी र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

कान्तिलोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–६, चौघडाबजारमा आज अटो रिक्साको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । हेटौँडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं को अटोले ठक्कर दिँदा पदैलयात्री ६८ वर्षीय जनक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते राईको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै घरको मर्मत गर्ने क्रममा छतबाट खस्दा हेटौँडा उपमहानगरपालिका–४, नेपालचोकमा एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय युवराज बिडारीको घरको दुई तलामाथि जस्तापाता लगाउने काम गर्ने क्रममा हेटौँडा उपमहानगपालिका–१३ पदमपोखरी निवासी ४१ वर्षीय सविन दुलालको खसेर मृत्यु भएको हो ।

एक्कासि दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएका दुलालको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro