site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनुषामा महिलाको हत्यामा संलग्न रहेको आशंकामा तीनजना पक्राउ

महेन्द्रनगर (धनुषा) । यही मंसिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी एक महिलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका–३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय  ज्ञानेन्द्र दास र सहिदनगर नगरपालिका–८, नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई सार्वजनिक गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मंसिर ८ गते जनकनन्दिनी गाउँपालिका–४, खजुरी र कमला नगरपालिका–२, सरावेको बीच सिमानामा रहेको आमाखोलामा नामथर नखुलेकी एक महिलाको शव प्लाष्टिकको बोराभित्र रहेको अवस्थामा फेला परेको थियो । पछि ती महिला जनकनन्दिनी गाउँपालिका–५ उधा टोल निवासी रेखाकुमारी मण्डल रहेको खुल्न आएको थियो ।

आज आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुंगाले अनुहारमा प्रहार गरी मुर्छित बनाई घाँटी रेटेर हत्या गरेको खुल्न आएको बताए । मृतकसँग विवाह गर्ने सम्बन्धमा विवाद भएपछि घटना भएको देखिएको उनले जानकारी दिए । मृतक र खत्वेबीच पाँच/६ वर्षदेखि रामललित मण्डल खत्वेबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro