site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शृंखलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृंखलाबद्ध चोरी र डकैती गर्दै आएका ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । एक महिलासहित चार भारतीय र दुई नेपालीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी घर भई हाल महोत्तरीको गौशाला बजारमा डेरा भाडा लिएर डाक्टरी पेसा गर्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोदकुमार साह, निजकी पत्नी २६ वर्षीया सञ्जुदेवी साह, भारत सीतामढीकै ५२ वर्षीय रंधिर साह र सुधीर भण्डारी माली रहेका छन् ।

KFC Island Ad
NIC Asia

त्यस्तै, गौशाला नगरपालिका–६ बस्ने २६ वर्षीय राकेशकुमार यादव र वडा नम्बर–९ बस्ने २८ वर्षीय ललन साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पक्राउ परेका ६ जना र अन्य चारजना गरी १० जनाको समूहमा गौशाला र औरही नगरपालिकाको विभिन्न वडामा बन्दुक, पेस्तोल र अन्य घरेलु हतियार प्रयोग गरेर आधा दर्जन बढी चोरी र डकैतीको शृंखलाबद्ध घटना घटाएर लाखौँको नगद र सुनचाँदीका गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।

सार्वजिक गरिएका ६ जनाकै समूहमा संलग्न अन्य चारजना त्यस्तै प्रकारको घटनामा भारतको विहार राज्यमा पक्राउ परेको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट बरामद गरिएको दुई थान पेस्तोल, एक थान नलकटुवा, २३ राउण्ड गोली, विभिन्न फलाम र स्टिलको हतियार, औजार, सुन र चाँदीका गरगहना, मोबाइल ६ थानलगायत सामग्री पनि सार्वजनिक गरेको छ ।

लुटेराले यी सामान जिल्लाको औरही नगरपालिकाको औरही बजार, गौशाला नगरपालिकाको निगौल, बटौवा, इमली बजार, रजखोरलगायत स्थानमा हतियार देखाएर लुटपाट गरेका थिए ।

त्यसैगरी पक्राउ गरेका ६ जनामाथि जिल्ला प्रहरी कार्यालयले हात हतियार तथा खरखजाना, चोरी/डाँका (लुटपाट) र संगठित अपराध मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro