site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीको ७२ घण्टे अपरेसन, जसले नेपाली बैंकको पाँच अर्ब लुटिनबाट जोगायो
SkywellSkywell

काठमाडौं । नेपालका विभिन्न बैंकबाट पाँच अर्ब रुपैयाँ ह्याक गरी विदेश लैजाने योजना बनाएको गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको रकम सिस्टम ह्याक गरी निकाल्ने समूहका १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

महाशाखाका एसएसपी सहकुल थापाका अनुसार ह्याकर समूहले नेपालका बैंकबाट पाँच अर्ब रकम लुट्ने योजना बनाएको थियो । एसएसपी थापाले भने, ‘‘विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट पाँच अर्ब रुपैयाँभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’’

नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट रकम निकाल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी थापाले बताए । कृषि विकास बैंकबाट हालसम्म चार करोड ७३ लाख ९६ हजार ह्याक भएको र अरु ह्याक भएको रकमको बारेमा अनुसन्धान जारी रहेको थापाले बताए ।

KFC Island Ad
NIC Asia

आइतबारबाट प्रहरीले रकम ह्याकविरुद्धको अपरेसन सुरु गरेको थियो । महाशाखाका एसएसपी थापाले प्रहरीले गरेको अपरेसनबारे बाह्रखरीसँग गरेको कुराकानीः

आइतबार दिउँसो करिब तीन बजेतिर पानस रेमिट्यान्सबाट फोन आयो । म कार्यालयमै थिएँ । पानसकै कर्मचारीले फोनमा एकजना रकम निकाल्ने व्यक्तिका बारेमा शंका लागेर हामीले राखेका छौं भने । त्यसपछि हाम्रो टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लियो । ती व्यक्तिलाई हामीले सोधपुछ गर्यौं । उनले सुरुमा ६० हजार झिकेका रहेछन् । उनीसँगै उनकी दिदी, भाञ्जा र भाञ्जीले समेत ६०–६० हजार रकम झिकेका रहेछन् । त्यतिबेला हामीले चार जनालाई राति १० बजेसम्ममा नियन्त्रणमा लियौं । त्यो पैसा कसले किन पठायो भन्दा उनले नाम लिए– नुवाकोट मेघाङ गाउँपालिका–४ का ४३ वर्षीय लवाङ तामाङको ।

Royal Enfield Island Ad

लवाङले ६०–६० हजार रकम झिकेर मलाई बुझाउनु भनेका रहेछन् । त्यसपछि हामी लवाङ नै योजनाकार हो कि भनेर खोज्न थाल्यौं । आइतबार राती एक बजे हामीले लवाङलाई बालाजु क्षेत्रबाट नियन्त्रणमा लियौं । त्यतिबेलासम्म हामीलाई कृषि विकास बैंक ह्याक गरेर रकम झिकेको जानकारी थिएन । त्यो राती म घर गइनँ, कार्यालयमै बसेर पलपलको अपडेट लिइरहेको थिएँ । जसरी पनि रातभरी अपरेसन सक्नुपर्छ भन्ने थियो । लवाङ पक्राउ परेपछि हामीले सोध्यौं– तेरो पैसा कहाँ छ ? त्यतिबेला ऊ हडबडायो । त्यसपछि लवाङ आफैँले पोल खोल्यो । लवाङले भन्यो– यो ३१ लाख रुपैयाँ मैले कृषि विकास बैंकबाट झिकेको हो । त्यो रकम मैले पुष्पलाई राख्न दिएको छु ।’’

त्यसपछि हामीले पुष्पलाई नियन्यणमा लियौं । कृषि विकास बैंकबाट कसले रकम पठायो भनेर हामीले सोधेपछि लवाङले आफूलाई काले भन्ने विदेशी नागरिकले पठाएको बताए । कालेले नेपाली, हिन्दी राम्रोसँग बोल्न जान्दा रहेछन् । कालेले आफूले लवाङको खातामा ५ अर्बसम्म रकम पठाइदिने र त्यो रकम झिकेपछि १० प्रतिशत आफूले राखेर अरु आफू वा आफ्नो एजेन्टलाई दिन भनेका रहेछन् । त्यसरी निकालिएको रकम हुन्डीमार्फत् पठाउने योजना रहेछ ।

त्यसबीचमा काले, लवाङ लगायतको भारतको नयाँ दिल्लीमा भेटसमेत भएको रहेछ । कालेले लवाङसँग ह्वाट्सएफ, वीच्याटमा कुरा गर्ने गरेको रहेछ । ह्वाट्सएपमा कालेले सुरुको ५० लाख एड्भान्स रकम हो, काम गर्न सके पाँच अर्बसम्म दिन्छु भनेको पाइएको छ ।

हामीलाई त्यसपछि चुनौती थियो । सुरुमा पानस रेमिटमात्रै भनेर आएपछि हामीले जे सोचेका थियौं, ३१ लाख रकम बरामद भएपछि लाग्यो, अब ठूलो रकम ह्याक हुने खतरा छ । त्यतिबेलै हामीले कृषि विकास बैंकलाई त्यो व्यक्तिको खातामा कसरी यत्रो रकम आयो भनेर सोध्यौं । त्योे दिन कृषि विकास बैंकले सुरुमा हामीलाई त्यसबारे जानकारी दिन चाहेन । त्यसपछि भोलिपल्ट फेरि हामी बैंकमा पुग्यौं, किनकी बैंक ह्याक भएको हो भन्ने हामीले सोचिसकेका थियौं । पछि उहाँहरुले हेरेपछि ह्याक भएको भनेर चिन्ता व्यक्त गर्नुभयो । त्यो रकम ‘सौराहा’को युजर आइडीबाट लहानको कम्प्युटर प्रयोग गरेर र नुवाकोट शाखाबाट रकम पठाएको खुल्यो ।

११ वटा ठाउँमा रकम ट्रान्सफर भएको रहेछ । त्यसपछि हामीलाई थप चिन्ता लाग्न थाल्यो । रकम पठाएका सबै स्थानको पहिचान गरेर क्युआइसी मगाएर पक्राउ गर्ने योजना बनायौं । त्यस क्रममा रकम पठाइएको सबै ठाउँमा हाम्रो टोली पुगिसकेको थियो । १२ जना समात्न हामीले ७२ घण्टा लगायौं । अब हामीले मुख्य योजनाकार भनिएको कालेलाई समात्न विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्छौं । यसको अनुसन्धान अझै जारी छ । अनुसन्धानका क्रममा थप नयाँ तथ्यहरु पनि खुल्नसक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro