site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा आईपीएल, नेपालमा प्रहरी सक्रिय : सट्टेबाजीमा ‘अन्डरवर्ल्ड’कै एजेन्ट
फाइल तस्बिर : एएनआई ।

धनगढी । भारतमा १६औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२० क्रिकेट आजदेखि सुरु हुँदै छ ।

विश्वकै ठूलो क्रिकेट लिगमध्ये एक आईपीएल भारतमा सुरु हुने तयारीसँगै नेपालमा प्रहरी सक्रिय भएको छ । आईपीएलका विभिन्न खेलमा सट्टेबाजी हुने गरेको आशंकामा प्रहरी सक्रिय भएको हो ।

पछिल्लो समय नेपालमा भएको क्रिकेट लिगमा नेपाली खेलाडीहरू ‘स्पट फिक्सिङ’मा मुछिएका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार विश्वका विभिन्न देशमा हुने क्रिकेटको सट्टेबाजीमा ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका प्रतिनिधि सक्रिय हुँदै आएका छन् ।

प्रत्येक वर्ष आईपीएलमा सट्टेबाजीमा संलग्न रहेको आरोपमा नेपालमा विभिन्न व्यक्ति पक्राउ पर्दै आएका छन् । पक्राउ परेका केही व्यक्तिको ‘कनेक्सन’ दाउदको समूहसँग देखिएको थियो ।

सट्टेबाजी काठमाडौं, मधेस प्रदेशलगायत देशका विभिन्न स्थानमा हुने गरेको यसअघिका प्रहरी अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले सट्टेबाजी गराउने व्यक्ति÷गिरोहविरुद्ध प्रहरी सक्रिय रहेको बताए । उनका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँगको समन्वयमा सट्टेबाजीविरुद्धको कार्य अगाडि बढाइएको छ ।

क्रिकेट सट्टेबाजीमा फिल्म अभिनेतादेखि सेयर ब्रोकरसम्म संलग्न हुने गरेको भारतीय सञ्चारमाध्यमले दाबी गर्दै आएका छन् । आईपीएललगायत ठूला क्रिकेट लिग र प्रतियोगिताको सट्टेबाजीमा भारतको मुम्बईबाट विभिन्न व्यक्ति परिचालित हुने गरेको बताइन्छ ।

प्रहरीका अनुसार नेपालका एजेन्टहरूले विभिन्न क्रिकेट टोली, व्यक्ति, चौका, छक्का, आउटलगायत विषयमा बोली लगाएर रकम असुल्ने गरेका छन् । कतिपयसँग नगद रकम मागिएपछि अधिकांश सट्टबेजाी अनलाइनमार्फत हुने गरेको पाइएको छ ।

नेपालमा एकपटकमा एकै व्यक्तिले करोडौँको बोली लगाउँदै आएको विभिन्न समयमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको अनुमान छ । सट्टेबाजीमा उच्च घरानाका व्यवसायी बढी सक्रिय रहने गरेको देखिएको थियो ।

आईपीएलमा आज पहिलो खेल चेन्नाई सुपर किंग्स र गुजराज टाइटन्सबीच हुँदै छ । यो खेल बेलुका पौने ८ बजे सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro