site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँच आईजीपी फेरिए, तर भेटिएनन् निर्मला पन्तका हत्यारा
Sarbottam CementSarbottam Cement

धनगढी । नागरिकता विवादमा सांसदसँगै गृहमन्त्रीको पद गुमाएका रवि लामिछानेले निर्मला पन्त बलात्कार र हत्या अनुसन्धान आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए ।

लामिछानेकै निर्देशनमा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ अनुसन्धान समिति पनि बन्यो । सो समितिले अनुसन्धान अगाडि बढायो । तर नयाँ तथ्य फेला पार्न सकेन ।

हालसम्म विभिन्न समयमा गरी एक दर्जन बढी प्रहरी अधिकृतहरुले निर्मला पन्त प्रकरणको अनुसन्धान गरिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तर हत्यारासम्म पुग्ने सामान्य सुराक पनि प्रहरीले पाउन सकेको छैन । घटनाको सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली अनुसन्धानमा निरन्तर सक्रिय छ ।

तर सबैजसो टोली अपराधीको डीएनएकै खोजीमा छ । जुन हालसम्म कसैको पनि म्याच भएको छैन । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

Global Ime bank

उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।

तत्कालीन समयमा प्रहरी नेतृत्वमा सर्वेन्द्र खनाल थिए ।  त्यसपछि शैलेश थापा क्षेत्री, ठाकुरप्रसाद ज्ञवाली, धीरजप्रताप सिंहले प्रहरीको नेतृत्व गरिसकेका छन् ।

हाल प्रहरी नेतृत्वमा वसन्त कुँवर छन् । सबैजसो प्रहरी प्रमुखले आफ्नो प्राथमिकतामा निर्मला पन्त बलात्कार र  हत्याको अनुसन्धान रहेको बताउँदै आएका छन् ।

डेढ साताअघि मात्रै प्रहरी प्रमुखबाट अनिवार्य अवकाश पाएका आईजीपी धीरजप्रताप सिंहले निर्मला प्रकरणको अनुसन्धान निस्कर्षमा पुर्याउन नसकेकोमा दुःख लागेको बताए ।

पूर्वआईजीपी सिंहले भने, “मेरो कार्यकाल ठूला–ठूला अपराधका घटनामा हामीले सफलता प्राप्त गर्न सक्यौं । तर निर्मला प्रकरणलाई टुङ्गोमा पुर्‍याउन नसकिएकोमा मनमा बिझाइरहन्छ । तर ढिलोचाँडो अपराधी कानुनको दायरामा आउँछ ।”

तर अनुसन्धानमा संलग्न विभिन्न अधिकारीहरु निर्मला हत्याकाण्डको अनुसन्धानमा सफलता पाउने सम्भावना कम हुँदै गएको बताउँछन् । प्रमाण जुटाउन असम्भव जस्तै भएको उनीहरुको तर्क छ ।

निर्मला प्रकरणमा बेलाबेला प्रहरी अनुसन्धान विवादमा पर्दै आएको छ । प्रहरीले यो घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले अहिलेसम्म डीएनए परीक्षणलाई नै मुख्य पाटो मानेको छ । हालसम्म एक सय बढीको डीएनए परीक्षण भइसकेको छ । 

तर कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग मेल खाएको छैन । निर्मला प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन समयमा आधा दर्जन प्रहरी कारबाहीमा परेका थिए ।

अनुसन्धानमा चुकेको अवस्थामा आफुरुको जागिर पनि जोखिममा पर्ने डरले अनावश्यक जोखिम नमोलेको अनुसन्धानमा संलग्न रहेर फर्किसकेका उच्च तहका प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरी अधिकारीले घटनामा छिमेकी, नजिकका आफन्त वा लागुऔषध प्रयोगकर्ताको संलग्नताको आशंका गर्दै आए पनि यसअघि पक्राउ परेका दिलिप विष्टमाथिको निगरानी पनि जारी राखेको छ ।

प्रहरीले भने ०७५ भदौमा ३९ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए । 

अझै केही प्रहरी अधिकारीहरु निर्मला हत्यामा दिलिपकै संलग्नताको दाबी गर्छन् भने केही अधिकारीहरु प्रमाणले दिलिपको अभियोग पुष्टि गर्न नसक्ने बताउँदै आएका छन् ।

दिलीप पक्राउ परेपछि प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।  सो क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भीमदत्त–१८ का सन्नी खुनाको मृत्यु भएको थियो ।

प्रहरीले हालसम्म ७०० जनासँग सोधपुछ गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC