site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सी विचारधाराको प्रशिक्षणमा कांग्रेसको आपत्ति- सीपीसीको भ्रातृ संस्था बन्‍न लागेको हो नेकपा ?

काठमाडौं । सत्तारुढ दल नेकपाले चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारामा आधारित प्रशिक्षण लिन लागिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेसले सी विचारधाराको बारेमा सत्तारुढ दल नेकपाले प्रशिक्षण लिनु राष्ट्रिय हित विपरीत भएको भन्दै त्यसरी आपत्ति जनाएको हो । 

चिनियाँ कम्युनिष्ट पार्टी नेपाली मोडेलको नै नभएको र सो पार्टीबाट नेकपा दीक्षित हुन खोज्नु लोकतन्त्रविरोधी गतिविधि भएको समेत कांग्रेसले जनाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को एउटा भ्रातृ संस्था बनाउन लागिएको टिप्पणी गरे । उनले नेपालमा स्थापना भएका पार्टीहरु नेपाली पार्टी हुन् भन्दै अर्को देशको पार्टीको आर्र्थिक तथा राजनीतिक प्रणाली हुबहु सिको गर्न खोजिनु अलोकतान्त्रिक र आपत्तिजनक हुने बताए । 

“नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको एउटा भ्रातृ संस्था बनाउने खालको सोच अघि बढाउनुभएको छ । मुलुककै र सबै जनताका लागि यो अस्वीकार्य छ । नेपालमा स्थापना हुने पार्टीहरु नेपाली पार्टी हुन् । विभिन्न विचार, चिन्तन र दृष्टिकोण होला,” उनले भने, “तर, अहिले नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीको आर्थिक प्रणाली मात्र होइन, राजनीतिक ‘मोडालिटी’ मा नेकपालाई अघि बढाउने सोचका साथ नै उहाँहरुले तालिमको शुरुवात गर्नुभएको छ ।” 

सोमबार साँझबाट शुरु हुने चिनियाँ कम्युनिष्ट पार्टीले नेकपालाई दिने प्रशिक्षणमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नोे निर्देशक सिद्धान्त र वैचारिक तथा राजनीतिक कार्यदिशाका रुपमा अंगालेको जिनपिङ विचारधारा बारे पनि प्रशिक्षण दिइँदैछ । त्यसैतर्फ लक्षित गर्दै कांग्रेस नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टी कसरी चलेको छ ? त्यहाँ उसले कसरी शासनसत्ता चलाएको छ ? त्यो खालको तालिम दिइनुलाई आपत्तिजनक भनेका छन् । “यो वास्तवमा सबै नेपालीका लागि आपत्तिजनक विषय हो । कुनै पार्टी र देशसँग मैत्रीपूर्ण सम्बन्ध हुनसक्छ । तर, त्यो मुलुकमा जस्तो खालको शासन व्यवस्था छ, हुबुह त्यस्तै खालको शासन व्यवस्था ल्याउन खोज्नु अलोकतान्त्रिक र राष्ट्रघाती विषय हो,” कांग्रेस प्रमुख सचेतक खाँणले भने, “नेपाल कम्युनिष्ट पार्टी अहिले जुन ढंगले अगाडि बढेको छ, त्यो नेपालको राष्ट्रियताका लागि गम्भिर चिन्ताको विषय हो ।”

सीपीसीसँग अहिले नेकपाको सम्बन्ध असंलग्न परराष्ट्र नीति भन्दा बाहिर रहेको अर्का कांग्रेस नेता एनपी साउद बताउँछन् । असंलग्न परराष्ट्र नीतिको बाटोबाट नेकपाको सरकार विचलित भइरहेको उनको आरोप छ । “चीनको कम्युनिष्ट पार्टीका प्रमुख तथा राष्ट्रपतिलाई आफ्नो विचारको केन्द्रमा राख्ने गरी जसरी नेकपाले अभ्यास गर्दैछ, यसले नेपालको राष्ट्रिय अस्तित्व, नेपालको स्वतन्त्र विदेश नीति र नेपालको भोलिको शान्तिलाई पनि कुनै न कुनै रुपमा कम्युनिष्टहरुबाट चुनौती आउने अवस्था देखिएको छ ।”

नेकपा र सीपीसीको संयुक्त गोष्ठी (वैचारिक आदान–प्रदान) सोमबारबाट सुरू हुँदैछ । होटल याक एण्ड यतीमा अपराह्न ४ः४५ बजे सुरू हुने वैचारिक गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपालाई राजनीतिक र वैचारिक प्रशिक्षण दिनेछ । गोष्ठीका निम्ति चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ नेपाल आइसकेका छन् ।

उनीसहित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल (प्रशिक्षण), सङ्गठन विभागका प्रतिनिधिसहित झण्डै ५० जनाको समूह आइसकेको छ । यसअघि कम्युनिस्ट घटकका सदस्यहरू छुट्टाछुट्टै चीन गएर राजनीतिक, वैचारिक प्रशिक्षण तथा अनुशिक्षण लिएर आउने भए पनि यसरी चिनियाँ प्रतिनिधिमण्डल नै आएर वैचारिक कार्यशाला राखेको पहिलोपटक हो । 

यो पनि पढ्नुहोस्

प्रशिक्षण दिन आइपुगे चिनियाँ कम्युनिस्ट नेता

सी पथमा नेकपा ! राष्ट्रपति आउनुअघि प्रशिक्षण 

चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई के पढाउँदैछ ?

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro