site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मसानमा राष्ट्रिय गान ! 
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

भन्छन् – मसानमा एकैछिनका लागि भए पनि मानिसमा वैराग्य उत्पन्न हुन्छ । वैराग्यले मानिसलाई अकर्मण्य बनाउँछ । ‘समृद्ध नेपाल :  सुखी नेपाली’को महाभियानमा जुटेको सरकारका लागि नागरिकहरू वैरागी हुने अवस्था मन्जुर हुने कुरै भएन । यसैले मन्त्रीलाई मसानमा राष्ट्रिय गान सुनाएर नागरिकमा राष्ट्रिय भावना जनाउने विलक्षण बुद्धि फुरेको हुनुपर्छ । तर, सरकार बहादुरको राष्ट्रिय भावना र कल्पनाशीलता प्रजाहरूले बुझे पो ! पशुपति परिसरमा आरती गर्नुभन्दा पहिले राष्ट्रिय गान हुनुपर्ने सरकारी ऊर्दी केही दिन पालन गरेपछि गंगा आरती सेवा सञ्चालक समितिले अवज्ञा गरेछ । समितिले सरकारी आदेश अटेर गरेपछि खैलाबैला मच्चिएको छ । पशुपति परिसरलाई ‘बाबुको बिर्ता’ ठान्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले मसानमा राष्ट्रिय गान नबजाए आरती गर्नै नदिने धम्की दिएका छन् । कोषका पदाधिकारीले पनि पाएको ताबेदारीको मौका किन पो छाड्थे ! 

जनसाधारणदेखि संकृतिविद्हरूसम्मले भने मसानमा राष्ट्रीय गान अनिवार्य गर्नुलाई अशोभनीय संवेदनहीनता ठानेका छन् । आरती हेर्न जानेहरूमा पनि कुबेलाको राष्ट्रिय गानले राष्ट्रभक्ति हैन राष्ट्रियताका नाममा देखाउन खोजिएको ‘मण्डले प्रवृत्ति’ प्रति वितृष्णामात्र जगाएको हुनुपर्छ । पंचायत कालमा त सिनेमा देखाउँदामात्र राष्ट्रिय गान बजाइन्थ्यो । अहिलेकाले त मसानलाई पनि छाडेनन् । सिनेमा हलमा फिल्म देखाउनुभन्दा पहिले राष्ट्रिय गान बजाउनै पर्ने यस्तै असंगत निर्णय केही दिन पहिले सार्वजनिक गरिएको थियो । मसानमा वा मनोरञ्जनस्थलमा सुनाइने राष्ट्रिय गानले श्रोतामा सकारात्मक प्रभाव पार्दैन । बरु, वितृष्णा उत्पन्न हुन्छ । अर्थात्, मसान र मनोरञ्जन स्थलमा राष्ट्रिय गान सुनाउने सरकारी निर्णयले राष्ट्रिय गानकै अपमान हुन्छ । सुन्न मनै नलाग्ने बेलामा बलजफ्ती राष्ट्रिय गान सुनाउन थालियो भने बिस्तारै त्यसको अवज्ञा हुन्छ । दण्डको डर देखाएर सम्मान खोज्ने नै त हो मण्डले प्रवृत्ति । मसानमा राष्ट्रिय गान सुनाउने निर्णयको बचाउ गर्दै अर्का एक मन्त्रीले राष्ट्रिय गान सुनेर नउठ्ने नेपाली नै हैन भनेछन् । मलामी त सजायको डरले उठ्लान् पनि । चितामा सुताइएको मुर्दा त पक्कै उठ्दैन । राष्ट्रिय गान बजाउँदा नउठेको कसुरमा मुर्दालाई पनि सजाय गर्ने? 

मसान र मनोरञ्जन स्थललाई समानरूपमा बिथोल्ने खोजिएको छ । चौपट राजाको अन्धेर नगरीमा टकासेरमा भाजी (सागापात) र टकासेरमै खाजा (मीष्टान्न) पनि बिक्थ्यो रे ! सिनेमा हलमा राष्ट्रगानपछि विज्ञापन बजाइन्छ । मसानमा पनि विज्ञापन बजाएर पैसा आर्जन गर्ने हो कि ? काटीकुटी अन्धेर नगरीका चौपट राजाजस्तै देखिन थालेको कम्युनिस्ट सरकारले त्यसतर्फ पनि सोचेको छ कि ? जनताले चुनेर सत्तामा पुगेको भए पनि कम्युनिस्ट सरकारको कार्यशैली र प्रवृत्ति ‘अन्धेर नगरी’ सम्झाउने देखिन जो थालेको छ । राष्ट्रिय गान त सरकारको सर्वसत्तावादी हैकम देखाउने बहानामात्र हुन पुगेको हो । कम्तीमा मसानलाई राजनीतिक प्रचारवाजीबाट मुक्त राख ! पशुपति परिसरलाई ‘बाबुको बिर्ता’ ठान्ने कोषका पदाधिकारीले पनि विवेक प्रयोग गरून् । मसानमा राष्ट्रिय गान बजाउन अस्वीकार गरेबापत आरती सेवा सञ्चालक समितिलाई कारबाही गर्न खोज्नु पनि प्रत्युत्पादक हुनसक्छ भन्ने हेक्का राख ! समितिको अनुरोध मानेर मसानमा राष्ट्रिय गान सुनाउने निर्णय सरकारले फिर्ता लिनु  बुद्धिमानी हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro