site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेन्द्र बजगाईंसँग कांग्रेसको अनुशासन समितिले लियो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद राजेन्द्र बजगाईंसँग स्पष्टीकरण लिएको छ । केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणका लागि केन्द्रीय कार्यालय सानेपा पुगेको सांसद बजगाईंले अनौपचारिक छलफल भएको बताए ।

“हामीले उहाँसँग कुरा गरेर प्रक्रिया थालेका छौँ, छानबिनपछि आवश्यक निर्णय लिने छौँ,” संयोजक ढुंगानालेबाह्रखरीसँग भने ।

त्यसबाहेक लिखित स्पष्टीकरण नसोधेको र उनीमाथि थप सोधपुछ गरेर निष्कर्षमा पुग्ने उनको भनाइ छ । उनले अनुसन्धान जारी रहेकाले थप खुलाउन नमिल्ने बताए ।

पार्टी सहमहामन्त्रीसमेत रहेका संस्कृतिमन्त्री पाण्डेमाथि उनले लगाएको आरोपको आधारबारे सोधिएको थियो । तर, बजगाईंले अनौपचारिकरूपमा कुराकानी भएको बताउँदै आफूले लिखितरूपमा थप प्रष्ट पार्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro